Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शैक्षिक गुणस्तर ल्याउन मन्थली नगरपालिकाले कुनै कसर बाँकी राख्दैन (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in अन्तर्वार्ता
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

संकटमा परेको शिक्षा व्यवस्थापनमा नगरपालिकाको दृष्टिकोण के छ ?

कोरोना भाइरसले शिक्षा क्षेत्रमा ठूलो असर पारेको छ । अहिले बालबालिका विद्यालयसम्म आउने कुनै वातावरण नै छैन । चाहेर पनि हामीले नियमित कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन । यसका लागि नगरपालिकाले शिक्षाक्षेत्र सुधार योजना बनाएको छ । बाल विकास केन्द्र मार्फत् नगरपालिकाले शिक्षालाई अगाडि बढाएको छ । माथिल्लो तहको पठनपाठन सुधार गर्न विषयगत शिक्षकहरूलाई विद्यार्थीको पहुँचसम्म पुगि पढाईको स्तर सुधार्न खटाएका छौँ ।


समग्र नगरको विषयगत शिक्षाको अवस्था के छ ? विद्यालयको अवस्था कस्तो छ ?

हामीले आधारभूत कक्षा (कक्षा ८) को नतिजालाई आधार मानिरहँदा अंग्रेजी विषयमा हाम्रा नानीबाबु कमजोर छ भनि रहेका थियौँ । तर, गत शैक्षिक सत्रको नतिजा हेर्दा सामाजिक शिक्षा र विज्ञान विषयमा नानीबाबुहरू कमजोर देखिएका छन् । एकातिर स्तर सुधारिरहँदा अर्कोतिरको शैक्षिक नतिजा खस्किइरहेको छ । सामाजिक शिक्षा कमजोर हुँदा देश दुनियाँ नै नचिन्ने, विज्ञानमा कमजोर हुँदा आजको आवश्यकता परिपूर्ति नहुने हुनाले हामीले सबै विषयलाई समाननान्तर ढंगले अगाडि लैजान नगरसभा मार्फत् नीति तथा कार्यक्रमहरू बनाएर योजना अगाडि बनाएका छौँ । हुन त विद्यालयहरू कहिले खुल्छन् थाहा छैन । देशैभरिका पालिकाहरूमा नै यही समस्या छ ।


मन्थली नगर पालिकाको नीति तथा कार्यक्रममा समेटिएको सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउने, पढाउने र टिकाउने योजनाको आधारस्तम्भ के हो ?

हरेक बाबुआमाको सपना हुन्छ कि, आफ्ना छोराछोरी राम्रो ठाउँमा पढून् । राम्रो पढून् र भोलिको लागि दक्ष कर्णधार बनून् । आफू भन्दा माथिल्लो तह र तप्काका लागि योग्य बनून् । सामुदायिक विद्यालयको शिक्षालाई विस्वास गर्न लायक बनाउनु नै सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउने, पढाउने र टिकाउने योजनाको आधारस्तम्भ हो । जसको लागि विषय शिक्षकको जागरुकता, विद्यालय प्रशासनको सक्रियतालाई बढाउन जरुरी छ ।

विद्यालय खोलेर दिन कटाउने माध्यम मात्र बनाउनु भन्दा विद्यालयहरूलाई मर्ज गरेर सीमित स्रोत र साधनमा राम्रो शिक्षा दिन सकिन्छ । यसो गर्दा अपुग रहेका शिक्षक दरबन्दीको समस्या पनि केही मात्रामा समाधान हुन सक्छ । जब हामीले विद्यालयको पढाईलाई सुधार गरेर अभिभावकलाई विस्वास दिलाउन सक्छौँ, तब सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव रहन्न । अभिभावक आफैँले आफ्ना नानीबाबुहरूलाई सामुदायिक विद्यालय पढ्न पठाउनु हुन्छ । हामी यो कार्यको लागि नरन्तर खटिइरहेका छौँ ।
सामुदायिक विद्यालयमा अब भवन र फर्निचरको कुनै अभाव छैन । सामुदायिक विद्यालयहरुले अब शैक्षिक गुणस्तरका लागि लम्के पुग्छ, सोचे पुग्छ । बाँकी संरचना र शिक्षक व्यवस्थापनमा मन्थली नगरपालिकाले केही कसर छाड्दैन ।


नगरपालिकाले ल्याएको शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम कस्तो कार्यक्रम हो ?

जबसम्म हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्न, तबसम्म त्यो क्षेत्रको विकास हुँदैन । हामी शिक्षामा पनि गुणस्तरिय प्रतिस्पर्धा चाहन्छौँ । एक विद्यालयका शिक्षक बीच पनि विषयगत प्रतिस्पर्धा जरुरी छ । विषयगत प्रतिष्पर्धामा अब्बल आउने शिक्षकलाई हामी प्रोत्साहन गर्छौँ । उहाँले गर्नु भएको मिहिनेतको कदर गर्छौँ । आज एक शिक्षक सम्मानित भई रहँदा भोलि अर्को शिक्षकले पनि सो मार्ग अवलम्बन गरुन् भन्ने चाहना हो । जसको कारणले हामीले खोजेको नतिजामा पुग्न सक्छौँ । अहिलेको अवस्थामा हेर्ने हो भने कहिँकतै जान नसक्ने बालबालिकाहरु मात्र सामुदायिक विद्यालयमा अध्ययनरत् देखिन्छन् । हामी सामुदायिक विद्यालयलाई नै गुणस्तरीय शिक्षाको थलो बनाउनका लागि लागेका छौँ ।


विद्यालयमा प्राविधिक र दक्ष शिक्षकको अभाव परिपूर्ति गर्न नगरपालिका कहाँ चुक्यो ?

हामीले विगतका वर्षहरूदेखि नै पेन्शन पाकेका तथा आफूलाई नयाँ ढंगबाट अगाडि बढाउन नसक्ने शिक्षकहरूलाई राजीनामा दिनुस् भनेर अनुरोध गरेका छौँ । सोही कार्यक्रम अन्तर्गत विगतको वर्षमा ९ जना शिक्षकहरूले राजीनामा दिनु भयो । अबको युगमा प्रविधिसँग साक्षातकार नभएसम्म यो युगको सुहाउँदो शिक्षा प्रवाह गर्न सकिँदैन । अब युग सुहाउँदो शिक्षा प्रवाह गर्न नसक्नु भनेको नयाँ नेपाल निर्माणका लागि शिक्षा जगतले असहयोग गर्नु नै हो । यस विषयमा पालिकाले गरेको अनुरोधलाई सम्बन्धित पक्षलेसम्म आफ्नो कर्तब्य सम्झेर सहज वातावरण बनाइदिनु भयो भने सामुदायिक विद्यालयको शैक्षिक सुधारमा उहाँहरूको योगदानको स्वर्ण युग बन्नेछ ।


नेपाल सरकारको नीति बमोजिम संस्थागत विद्यालयले सामुदायिक विद्यालय सुधारका लागि काम गर्नु पर्ने भन्ने छ । यसमा मन्थली नगरपालिकाले संस्थागत विद्यालयलाई दिने जिम्मेवारी चाहिँ कस्तो हुन्छ ?

सदरमुकाममा ३ वटा संस्थागत विद्यालयहरू छन् । यिनीहरू सँग हामीले विगतका वर्षहरूदेखि नै सहयोग मागेका छौँ । मन्थलीमा नै रहेको नागकन्या माध्यमिक विद्यालयको शैक्षिक सुधारका निमित्त हामीले विशेष सहयोगको अपेक्षा गरेका छौँ । सदमुकाम भित्रै रहेका विद्यालयको पढाईको गुणस्तर फरक फरक हुँदा विभेद् हुन्छ र विभेदले द्वन्द्व निम्त्याउँछ । सबै विद्यालयको शैक्षिक गुणस्तरलाई समान बनाउनका लागि संस्थागत विद्यालयलाई जिम्मेवारी दिने सोच बनाएका छौँ । विधि र प्रक्रिया मिल्ने रहेछ भने हामी नागकन्या मा.वि. गडवारीलाई संस्थागत विद्यालयहरूसँग समन्वय गरि संचालन गर्न समेत दिन सक्छौँ र अन्य शैक्षिक रूपना जीर्ण विद्यालयहरूमा समेत संस्थागत विद्यालयलाई सहयोगका लागि पठाउन सकिन्छ ।

मन्थली नगरपालिका भित्रका शिक्षक अभिभावक तथा विद्यार्थीहरूलाई नगर प्रमुखको हैसियतले दिने सुझाव के हो ?

अहिलेको अवस्थालाई हेर्ने हो भने शैक्षिक अवस्था भयावह छ । तसर्थ म सबै आमाबाबुहरूलाई आफ्नो नानीबाबुहरूको शिक्षामा ध्यान दिन अनुरोध गर्छु । आफ्ना नानीबाबुहरूलाई कम्तीमा पढ्ने वातावरण बनाई दिनु होला । अहिले विद्यालय जाने अवस्था पनि छैन । विद्यालयले पनि आफ्ना विद्यार्थीलाई सकेसम्म निगरानीमा राखिदिनुहोला । शैक्षिक नतिजामा पछाडि पर्नु भएका विद्यालयहरूले पनि राम्रो तयारी गर्नुहोला गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि । होइन भने तपाईंहरुको विद्यालय कक्षा घटुवामा पर्न सक्नेछ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts

Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सुझाव समिति गठन

Next Post

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे वार्षिकोत्सबमा राप्रपा अध्यक्षहरुकाे शुभकामना

Next Post
प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे वार्षिकोत्सबमा राप्रपा अध्यक्षहरुकाे शुभकामना

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाकाे वार्षिकोत्सबमा राप्रपा अध्यक्षहरुकाे शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.