अस्पतालमा अख्तियारको छापा

वीरगञ्ज, बैशाख १२ गते । संघिय सरकारको मातहत रहेको वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर विभिन्न फाईलहरु नियन्त्रणमा लिएको छ ।
प्रदेश ३ को हेटौडामा रहेको अख्तियारको प्रादेशिक कार्यालयबाट खटिएको टोलीले बुधवार अस्पतालमा झण्डै पाँच घण्टा सम्म सोधपुछ गरेको थियो ।
प्रादेशिक कार्यालयका सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो । औषधि र उपकरणको खरिद, कर्मचारी नियुक्ति लगायत विषयमा अनियमितता भएको खबर सञ्चार माध्यममा आएपछि अख्तियारको टोलीले छापामारी गरेको बताईएको छ ।
स्रोतहरुका अनुसार अस्पतालको विभिन्न शाखाहरुमा भएको अनियमितताहरुबारे थुप्रै उजुरीहरु परेका थिए । अस्पतालमा लामो समयदेखि व्यापक आर्थिक अनियमितता हुँदै आएको आरोप लाग्दै आएको छ ।