रा.बा. बैंकको सन्धयाकालीन काउन्टर गरुडामा

शाखा प्रबन्धक घनश्याम कटवालको अनुसार गरुडा तथा यस बैक संग कारोबार गर्ने व्यवसायीहरुको माग अनुसार व्यपारीहरुको हित, कारोबार गर्ने क्षमता अझै विकास गर्नुको साथै कारोबार गर्न सहजता पु¥याउन सन्धयाकालीन काउन्टरको शुरुवात गरिएको छ । सन्धयाकालीन काउन्टर बेलुकी ५ बजे देखि ७ बजे सम्म व्यपारीहरु बैकबाट कारोवार गर्ने सक्ने बताउनु भयो ।
उदघाटना कार्यक्रममा गरुडा बजारको व्यवसायी, बुद्धजिवी, राजनैतिक कर्मी, समाजसेवी,प्रहरी लगायत बैंक संग कारोवार गर्ने व्यक्तिहरुको उपस्थिती रहेको थियो ।