सुरक्षा प्रबन्ध उत्तम

जनकपुरधाम : प्रदेश २ मा होली यस पटक तीन दिन सम्म मनाईएको छ ।होलीलाई सदभावको त्यौहार भनिएपनि केहि वर्षदेखि विकृती ब्यापक बढेकोछ ।होलीमा जबरजस्ती रंग हाल्ने, हिलो छ्याप्ने, उच्छृंगखल गतिविधि गर्ने, कुटपिट गर्ने लगायतका घटनाहरु बढेको थियो ।यस वर्ष होलीमा त्यस्ता गतिबिधिहरु न्यून देखिए ।प्रदेश भरी सुरक्षा स्थिति सुदृढ बनाईएको थियो ।परिणाम स्वरुप अप्रिय घटनामा निकै कमि देखियो ।पुराना रिसरागले होलीमा बदला लिने प्रवृती बढेकोछ ।तर प्रहरी सुरक्षाले यस पटक त्यस प्रकारको घटना भएन् ।होली सौहार्दपूर्ण वातावरणमा मनाइने त्यौहार भएकाले सबैले निर्वाध रुपमा खेल्न पाउनुपर्छ ।तर सुरक्षाको भरपर्दो व्यवस्था नभए मानिसहरु घरबाट निस्कन डराउन थालेका थिए ।विगतमा होलीको दिन सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या भएको थियो ।