इनरुवाको कमल टाँकिज – ४३ वर्षपछि सम्झँदा

सिनेमा संस्मरण
(पेशल आचार्य
‘अहिलेसम्म तपाईंले कतिजति सिनेमा हेर्नु भा’को छ, सर ?’ कसैले यस्तो अनपेक्षित प्रश्न ममा तेस्र्यायो भने एकछिन त रनभुल्लमै पर्छु –म । अनि मनमनै गम्न बाध्य हुन्छु । प्रश्न कस्तो हो ? परीक्षाजस्तो पासफेल हुने खालको हो या आफ्नो अनुभूति बाँड्ने मात्रै हैसियतको ? उत्तरका गुत्थी दिमागमा रङ्मङिन थालेपछि मेरा जवाफ यसरी शुरू हुन्छन् –क्रमशः ।
मैले इनरुवाको कमज टाँकिजमा जति धेरै र कालजयी सिनेमा जीवनमा सायद् अन्त कतै हेरिन होला । हुन् त जीवनमा धरान, बिराटनगर, इटहरी, भद्रपुर र काठमाडौँमा पनि सिनेमाहरू हेरिए । त्यो सिलसिला नेपालका नाम चलेका अन्य सहरमा पनि चले होलान् । तर यतिखेर ती सबै हलमा हेरिएका सिनेमाको कहिरन कहेर म पीएचडीको थेसिस बनाउन लागिरहेको छैन । फगत् आफूले बालापन बिताएको इनरुवा, बलाहा र कमल टाँकिजको सेरोफेरोमा भएका केही सम्झनालाई व्यास शैलीमा साधारण तबरले बाँड्ने प्रयत्नमा छु ।
यो साहित्यिक लेख होइन । कृपया साहित्यको क्षुधा मेट्ने अभिप्रायः सँगाल्नु भएको छ भने यो संस्मरण नपढे हुन्छ । जति समय यो पढ्नमा लाग्छ त्यो समय बरू आफ्नो इच्छा भएको क्षेत्रमा लगाउनु होस् – पाठकगण !
आफ्ना कुरा राख्न पाउँदा ममा कताकता खुसीको संचरण नभएको होइन ।
कमज टाँकिज कस्ले कति सालमा स्थापना ग¥यो ? कति पूँजीमा खोल्यो ? को थियो त्यसको संस्थापक मालिक ? आज किन बन्द भयो ? धेरै प्रश्न र उपप्रश्नहरू कमल टाँकिजका बारेमा यसरी नि गर्न सकिन्छन् । जसका उत्तरदिने हक हामी दर्शकदीर्घामा रहेका मनुवामा छैन । त्यसका लागि गनु बाबुका छोराहरू विजय र कमल श्रेष्ठसँग नै सम्पर्क गर्नु फाइदाजनक होला ।
गनुबाबुको मिलसँगै जोडिएको मेरो सम्झनाको कमल टाँकिजसँग मेरो कुनै लिनुदिनु छैन । न त मैले केही लेखेरै भोलि त्यो सिनेमा हल आजको क्यूएफ्एक्स् र डिजिटलको जमानामा फेरि सञ्चालनमा आउने नै छ । म यहाँ मात्र मेरा एकल र अव्यवस्थित सम्झनाका फाँकीहरू, जसलाई म आफ्नै करबलले तिथिमिति नसम्झीकन केवल घटनाहरू मात्र सम्झने कोसिसमा छु ।

जीवनमा कति सिनेमा हेरियो गनेर के साध्य ? हलमा गएर सिनेमा नहेरेको अहिले चाहिँ जुग भैसकेको छ । आजभन्दा करिब २३ वर्षअघि झुम्कामा परिवारिक सदस्यसँग तुलसी घिमिरे निर्दे्शित ‘दर्पण छाँया’ नेपाली सिनेमा हेरेको झझल्को छ । त्यसपछि हलमा गएरै सिनेमा हेरेका उति याद मेरा मेमोरी डिस्कमा सेभ छैनन् ।
आफ्ना कुरा राख्न पाउँदा ममा कताकता खुसीको संचरण नभएको होइन ।
कमज टाँकिज कस्ले कति सालमा स्थापना ग¥यो ? कति पूँजीमा खोल्यो ? को थियो त्यसको संस्थापक मालिक ? आज किन बन्द भयो ? धेरै प्रश्न र उपप्रश्नहरू कमल टाँकिजका बारेमा यसरी नि गर्न सकिन्छन् । जसका उत्तरदिने हक हामी दर्शकदीर्घामा रहेका मनुवामा छैन । त्यसका लागि गनु बाबुका छोराहरू विजय र कमल श्रेष्ठसँग नै सम्पर्क गर्नु फाइदाजनक होला ।
गनुबाबुको मिलसँगै जोडिएको मेरो सम्झनाको कमल टाँकिजसँग मेरो कुनै लिनुदिनु छैन । न त मैले केही लेखेरै भोलि त्यो सिनेमा हल आजको क्यूएफ्एक्स् र डिजिटलको जमानामा फेरि सञ्चालनमा आउने नै छ । म यहाँ मात्र मेरा एकल र अव्यवस्थित सम्झनाका फाँकीहरू, जसलाई म आफ्नै करबलले तिथिमिति नसम्झीकन केवल घटनाहरू मात्र सम्झने कोसिसमा छु ।

जीवनमा कति सिनेमा हेरियो गनेर के साध्य ? हलमा गएर सिनेमा नहेरेको अहिले चाहिँ जुग भैसकेको छ । आजभन्दा करिब २३ वर्षअघि झुम्कामा परिवारिक सदस्यसँग तुलसी घिमिरे निर्दे्शित ‘दर्पण छाँया’ नेपाली सिनेमा हेरेको झझल्को छ । त्यसपछि हलमा गएरै सिनेमा हेरेका उति याद मेरा मेमोरी डिस्कमा सेभ छैनन् ।
मैले कमल टाकिजमा सबैभन्दा पहिले कति साल, कुन महिनाको, कति गते, कुन सिनेमा हेरेँ त्यो अहिले यकिनसाथ भन्न सक्ने अवस्थामा छुइँन । धेरै स्मरणहरू मैले बिर्सिसकेँ । अलिअलि सम्झेका कुराहरू मेरो अप्रकाशित निबन्धसंग्रहको एउटा निबन्ध ‘दाहाल राजु, अजन्ता डिक्नेरी र म’ शीर्षकमा समेटेको छु । जहाँ दाहाल राजु (साविक इनरुवा नपा वार्ड नं. ९ निवासी स्व. खगेन्द्रप्रसाद दहालका जेठा छोरा –राजु दहाल) र मैले सिनेमाका तिर्सनामा हाम्रो घरमा रहेको एउटा ‘अजन्ता नेपाली–अंग्रेजी डिक्नेरी’लाई बाबाको दाह्री काट्ने पत्तीले चिथ्राचिथ्रा हुने गरी काटेर सिरकको खोलमा पछाडिपट्टिबाट टाँसेर भए भरका गाउँघरका केटाकेटीलाई गाई गुहाली (मधेशतिर गाई गोठलाई गुहाली भनिन्छ) मा जम्मा पारी सिनेमा भनी देखाउँथ्यौं । जसमा अमलाका दाना र कापीका पाना टिकट भनेर उठाउँथ्यौं ।
त्यसबेला इनरुवाको कमल टाँकिजमा ‘दो जासुस’ नामको हिन्दी सिनेमा चलेको रुनुझुनु याद अझै छ । साईसाई र सुईसुई गरी ठूला हल्लने चित्र आँखै अगाडि नाँचेको देख्दा हलमा गएर सिनेमा हेर्दा छुट्टै मज्जा लाग्ने । ऊबेला हलमा सिनेमा हेर्दा जति आनन्द आउँथ्यो त्यति अहिले ‘यु ट्युब’ र ‘पेन ड्राइभ’मा कपी गरेर ल्यापटपमा हेर्दा मज्जा आउदैनन् । कठै ! ती दिन गै गए ।
सिलसिला मिलेको छैन । अलि अघिको कुरा सम्झन्छु । मैले बुझेर सिनेमा हेरेको चाहिँ २०३२ सालदेखि हो । त्यही साल हिन्दी सिनेमा जगत्मा तहल्का मच्चाउँदै रिलिज भएको हिन्दी कथानक चलचित्र ‘शोले’ हुनु पर्छ । शोलेको ठूलो पोष्टरमा ‘इष्टर मेन कलर’ लेखिएको हुन्थ्यो । को बुझोस् त्यो बेला इस्टरमेन कलर भनेको के हो ? पछि बुझ्ने भएपछि अलिअलि रानारुनी थाहा भयो कि ‘इस्ट मेन’ भन्ने व्यक्तिले सो खालको कलर इन्डियामा पहिलोपटक प्रयोग गरेका हुनाले शोलेमा सो ‘इस्टर मेन कलर’ भन्ने उपवाक्यांश लेखिएको रहेछ ।
खैर ! अहिले जमाना फेरियो । आफू पनि बद्लिएको छु ।
मसँगै बालापन बिताएका मणि, पद्मविनोद, विश्वराज, चारखुले विनोद, प्रमोद, इनोद, कोशहरि, प्रफुल्ल, शम्भु, शेखर, हिरा, टीका, शभ्मु मामा, सुरेश मामा र आफ्नु कक्षाका सहपाठी साथीहरू जसको म अहिले हर्दिक मन भएरै पनि सबैका नाम सम्झन सक्दिनँ ।
धेरै बाक्लो गाउँ थियो –बलाहा । इनरुवामा पहाडतिरबाट खेतीकिसानी र जीवनका सजिलोका लागि नयाँ उपायको तहकिकात गर्दै बसाइँ सरेका खोटाङ, ओखलढुङ्गा, भोजपुर र धनकुटा तिरका प्रायः क्षेत्री बाहुनहरूले बलाहालाई गुल्जार बनाएका थिए । हामी पनि उदयपुरबाट सिरहा, मोरङहुँदै सुनसरी झरेका हौं । यद्यपि मेरो जन्म बिराटनगरमा भएको हो । मैले सुनसरीमा पाइला राख्दा सोनापुर र इटहरीलाई आफ्नो नवजात कायाले छोइसकेको रहेछु । मेरो सुनसरीमा आगमन मेरा बाबा आमाका साथ दुई वर्षको शिशुका रुपमा भएको रहेछ । मैले शारदा माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पढ्ने मौका पाएँ । त्यसपछि हामी फेरि बसाइँ सरेर झापाको चन्द्रगढी गयौं जहाँ हामी करिब ६ वर्ष बस्यौं ।
सिनेमा सन्दर्भमा भद्रपुर बजारस्थित टाँकिजमा पनि धेरै हिन्दी र नेपाली सिनेमा हेरियो । त्यो अलि बुझ्ने बेला भैसकेको उमेर थियो । हेरेका सिनेमाहरूमध्ये मिथुन चक्रवर्तीको ‘डिस्को डान्सर’ र नेपाली सिनेमा ‘सिन्दुर’ र ‘के घर के डेरा’ प्रमुख लाग्छन् –अझै । ती सम्झनाका बारेमा अहिलेसम्म लेखेको छैन । पछि कुनै परिवेशमा कसैले सम्झाएछन् भने र पत्रिकामा संस्मरणको आवश्यकता परेछ भने लेखूँला ।
अहिले चाहिँ इनरुवाकै कमल टाँकिजका सानातिना सम्झनामय गुत्थीहरू राख्ने जमर्को गर्दछु ।

यो लेख ‘वर्णमाला अनलाइन’ मा २०७४ बैशाख १ गतेदेखि ‘इनरुवाको एकमात्र सिनेमा हल कमल टाँकिज बन्द’ भन्ने समाचार पढेर मनमा उब्जिएको एकल प्रतिक्रिया मात्र हो । यसमा साहित्यका दृष्टिले मीमांशा गर्नु गराउनु जरूरी छैन । कमल टाँकिज बन्द भएको समाचार र एउटा फिचरमा प्राप्त विष्णुकुमार भट्टराई र लव पराजुलीका कमेन्टले मलाई एकैपटक नोस्टाल्जिक बनाए । समाचार र फिचरमा उल्लेखित कमेन्टमा दिइएका सिनेमा हलका व्यवस्थापकीय कर्मचारी र टिकट व्यावसायीको नामसमेत मैले यतिका वर्ष बिर्सिसकेको रहेछु । पहिलेपहिले म मेरो दिमागी मेमोरीको ‘हार्ड डिक्स’ धेरै दह्रो छ भन्नेमा गर्व गर्थें तर विगत् केही वर्षयता लेखनमा पूर्णकालीन रूपमा लागेको र स्कुल÷क्याम्पसमा पढाउने÷सिकाउने काममा लामो समयदेखि सरिक भएकाले होला मेरो सम्झना शक्तिमा ह्रास आउँदै गएको स्वीकार्दछु ।
विश्वका एकसे एक लेखकहरूले भनेका छन् –‘एउटा लेखकले आफ्नो बालापनलाई जीवनभरि लेखेर पनि सक्दैन ।’ अहिले आफू पूर्णकालीन लेखक भएका नाताले र आफ्नो अनुभवीय ज्ञान र ऊर्जामय मिहीन शक्तिलाई पर्गेल्दा होजस्तो लाग्छ । मलाई आफ्ना बालापनका कुरा लेखेर सक्छु जस्तो लाग्दैन । एउटा बालकथा संग्रह ‘किस्ताको कम्प्युटर’ र अर्को निबन्ध संग्रह ‘ब्याक बेन्चर’मा प्रायः बालापनका उपद्रा र अनौठा बानी, व्यवहारका कुराहरूलाई फाँकी मिलाएर लेखेको छु । अहिले फेरि एउटा बालापनमै आधारित बाल उपन्यास कै अन्तर्य मेरो दिमागमा खेल्दै छ । हेरौं, समयले के भन्छ ? जीवनले कतातिर लैजान्छ । पछिल्लोपटक बिरामी भएर औषधि सेवन गरेको दुई महिना पुग्न लागेको छ । सोच्छु, अब लेख्ने काम जति सक्दो छिटो सक्नु पर्छ । जीवनको के ठेगान ? तर आफ्नो यो भावनालाई फेरि सान्त्वना दिँदै मनमनै भन्छु –‘हे ! के सोच्या होला ? मैले लेखेकै कहाँ छु र ? लेखेका कुराभन्दा अझै नलेखेका कुरा धेरै छन् । जागिरबाट रिटायर्ड भएपछि पूर्णकालीन लेखनमा रमाउनै पाएको छैन । विन्दास भएर पूरा समय लेख्दा अझै दस÷पन्ध पुस्तक त कसो नलेखूँला र ?’
खासमा म सिनेमाको फिदा हो ।
मेरो कल्पनाशक्तिलाई यतिविधि तिखारेको भनकै सिनेमाले हो । समाज अध्ययन गर्न सिकाएको मलाई सिनेमाले नै हो । मैले सिनेमा हेर्दा आफ्नो पढाइलेखाइ र पेसालाई डिस्टर्ब हुने गरी कहिल्यै मरिहत्ते गरिनँ । मसँगै सिनेमा हेर्ने कतिपय आफन्त र साथीहरू जीवनमा अघि जान सकेनन् । धेरैजसो त बिग्रिएका भन्ने सुन्दछु । ती अझै बलाहामा बसेर व्यवहारका सिकन्जामा जकडिएका होलान् । थोरैजसो देशविदेश चहारेर नानानौरङ् पेसा गरेर बसेका होलान् । आजकाल कसैसँग भेटघाट हुन्न । भलाकुसारी घटेको छ । केवल फेसबुकले क्षणपलका निम्ति जोडिदिने मात्रै हो । कसैका विचार बद्लिए होलान् । कोही फरक पेसा र व्यवसायमा बाँधिए होलान् । मलाई मानिस सिनेमा हेरेर बिग्रन्छ भन्ने विश्वास लाग्दैन । मात्र सिनेमामा के हेर्ने भन्ने हो । के लिने भन्ने हो । बिराटनगरमा पढ्न बस्दा मैले कतिपय टिकट काटेर कतिपय सित्तैमा हिमालय हलमा राजीव कपुर अभिनित ‘रामतेरी गङ्गा मैली’ सिनेमा १६ पल्ट समेत हेरेको छु । पछि २०५८ सालमा सिक्किमको भ्रमणमा मन्दाकिनी छाँगोलाई पृष्ठभूमिमा पार्दै तस्वीर पनि खिचाएको थिएँ । सिनेमा र कलाकारप्रति आदर भाव नभएको भए पक्कै म त्यसो गर्दिनथेँ होला ।
जीवनमा मैले चाहिँ पढाउने, सिकाउने र लेख्ने पेसा रोजेँ । त्यसअघि म वकालत, निजामति जागिरे र पत्रकारिता गर्थें जहाँ म धक फुकुन्जेल गरी रमाउन सकिनँ । त्यसैले मलाई लेख्न कुनै समस्या पर्दैन । छैन । चाहेका बेलामा मैले बेधड्क लेखन र सम्पादन गर्न सक्ने हैसियतमा आफूलाई उभ्याएको छु । दिनरात पढ्नु र लेख्नु पर्ने मेसो व्यशन नै बनिसकेको छ । मैले लेखनमा लेराएका कतिपय शिष्यहरू अहिले राम्रो लेख्ने भैसकेका छन् ।
अहिलेसम्म मेरा ७ वटा पुस्तक छापिए । जसमध्ये ५ बालसाहित्यका, एउटा अन्तर्वार्ताको र एउटा समालोचनाको पुस्तक छ । २०० वटा गीत लेखेको छु । ती सबैजसो राष्ट्रिय स्तरका पत्रिकामा प्रकाशित र अनलाइन पेपरमा पोष्ट भएका छन् । एउटा ‘केश झरेर फुर्र्फु अनुहारै छेकियो, त्यसैले त तिम्लाई क्या दामी देखियो’ बोलको गीत आफ्नै शिष्यले पोहोर बैशाख (२०७३) मा भिजुअल गरेर ‘यु ट्युब’ मा अपलोड गरेथे । अर्को एउटा गीत सिनेमाकै लागि गएको छ । अन्य केही गीत लेख्ने अफरहरू आएका छन् । ‘अन्नपूर्ण पोष्ट’ दैनिकको ‘फुर्सद्’ मा छापिएको ‘म्यानेज’ शीर्षकको आधुनिक कथा पाकिस्तानी भाषामा सिनेमा बनाउनका लागि गीत गाउने शिष्यले नै अनुवाद गरी लगेका छन् ।
अझै मेरो सिनेमा प्रतिको तुष्टि म¥या छैन । त्यसैले गर्दा मलाई विश्व रङ्गमञ्चको अवधारणा दिने र जीवनमा सम्पूर्ण मनोरञ्जन दिलाउन सहयोग गर्ने सिनेमाका बारेमा थाहापत्तो दिने सुविधा दिएको कमल टाँकिजका बारेमा केही लेख्नै पर्छ । अब केही लेख्दै रहनेछु । आसा छ, यसले पाठक महोदयलाई रमाइलो अनुभव गराउने छ ।

मैले कमल टाँकिजमा एकदुई अवसरलाई छाडेर बाल्कोनी, रिबाल्कोनी, फस्ट क्लास र सेकेण्ड क्लासमा धेरै सिनेमा हेरिनँ । हामीले सिनेमा हेर्दा थर्ड क्लासमा बीस पैसाको टिकट काट्ने चलन थियो । पच्चीस पैसा घरबाट मागेर लगे एउटा सिनेमा र हाफ टाइममा खाजा खानका लागि पाँच पैसाले पुग्थ्यो । हामी ऋषिकपुर र नितुसिँहका जमानाका दर्शक परेछौं । भिलेनमा मदन पुरी, रन्जीत, प्राण र प्रेम चोपडाको राज थियो । अलिपछि आएका हुन् –डैनी डेन्जोम्पा, कादर खान, शक्तिकपुर, अमरिस पुरी, सदाशिव अमरापुरकर, आशुतोष राना र ओमपुरीहरू । एङ्ग्री योङ् मेनका रूपमा बलिउडमा अमिताभ बच्चन आएपछि सुपर स्टार राजेश खन्ना, शत्रुघन सिन्हा, विनोद मेहेरा, राकेश रोशन, विनोद खन्ना र शशीकपुरहरू क्रमशः ओइलाउँदै गएका हुन् । जीतेन्द्र र धर्मेन्द्रका रोमान्टिक फिल्महरूले पनि जीवनका उहापोहमा हाँस्न र वलिदानी सुझ लिन सिकाएका दर्जनौं शिक्षा लिएको छु । हेमामालिनी, श्रीदेवी, रेखा हुँदै हामीले करिश्मा कपुर र करिना कपुरलाई बुढिएको पायौं । हुन त हामी पनि जीवनमा बुढिँदै गयौं । हाम्रा पनि सन्तान जन्मे, पढे, बढे र हुर्किए । अहिले उनीहरूको च्वाइस् मै घरमा सिनेमा हेर्नु पर्ने बाध्यता आई लागेको छ ।
जीवन नदी हो । यो निरवछिन्न बगिरहन्छ । बम्बई पछि मुम्बई नामकरणमा बद्लिएको मायानगरी छेउ अवस्थित समुद्रमा चलायमान समुद्रका छालझैँ हाम्रा जिन्दगीरूपि पयश्विनीमा पनि भँगालाहरू थपिए । कसैका हामी छोरा थियौं । कोही अहिले हाम्रो छोरो भएर आएको छ । सिनेमामा बाबुबल र बाहुबलले उभिएका गोविन्दा, अजय देवगण र सारु खानजस्ता नायकलाई हाम्रो समयले नै बेहो¥यो । यसैबीच धूम मच्चाउँदै आए खान बन्धुहरू –सलमान र आमीर । जसका सबैजसो सिनेमा हेरियो । मजा लिइयो ।
सिनेमा हेर्दाहेर्दै दसकौं बितेका छन् –हाम्रा पुस्ताका । हामी सिनेमाबाटै जीवनका लागि चाहिने सबै रङ सिक्ने कोशिस गर्दथ्यौं । मनोरञ्जनका वैकल्पिक अन्य वैविध्य साधन थिएनन् –हाम्रा समयमा । ज्ञानका लागि हामी ‘नयाँ सन्देश’ पत्रिका पढ्ने गर्दथ्यौं भने साहित्यका लागि साझा प्रकाशनले निकालेका जेबी पुस्तकमाला सिरियलका तीन रूपैयाँ पर्ने किताब । जसमा हामी उपन्यास र कथासंग्रहकै बढी खोजीनिधि गथ्र्यौं । इनरुवा चोकमा एउटा पुस्तक पसल थियो –सुनील दाइको । हो, हामी त्यहाँ गएर पैसा नभएका बेलाँ उभिएरै पत्रिकाका हेडिङ् सर्सर्ती पढेर आफ्ना ज्ञान क्षुधालाई तृप्त गर्ने गर्दथ्यौं । पढाइको चस्काले त्यसो गर्न सिकाएको हो । यसमा मैले कवि तथा लेखक सुविद गुरागाईंलाई नमनपूर्वक सम्झनै पर्छ ।
जसले मलाई गोरखापत्र र मातृभूमिजस्ता राजधानीबाट निस्कने पत्रिकाका सम्पादकलाई पत्र लेख्ने अम्मल जो प्रदान गरे ।
सिनेमाका सन्दर्भमा हामीले कपुर खानदानका सबै कपुरहरूलाई सिनेमा पटमै चिन्यौं, जान्यौं, खुट्यायौं र पात्रीय रूपमा बेहो¥यौं । त्यसबेला ‘मायापुरी’ मायानगरीका पत्रपत्रिकाहरूमा अब्बल ठानिन्थ्यो । ‘धर्मयुग’को बोलबाला थियो –हिन्दी म्यागेजिनका रूपमा । ‘दिनमान’ थियो –अखबारका रूपमा जानकारी दिने पत्रिका । धर्मयुगलाई अलि विशिष्ट पाठकहरूले पढ्थे भने मायापुरी सिनेमा सेन्टर्ड पत्रिकामा इनेगिनेको मानिन्थो । हामी मायापुरी किनेर होइन मागेर पढ्दथ्यौं । बुझेर होइन कि सिनेमाका स्टारडमलाई रङ्गीन तस्वीरका रूपमा हेर्नका लागि ।
बन्डल बाज, रफु चक्कर, कभी कभी, बबी, यादो कि बारात, हाथी मेरा साथी, जुगनु, शोले, कस्मे वादे, घर, मवालीजस्ता अनेकौं काँट्का फरकफरक सिनेमा हेरेर आफूलाई कहिले साइड हिरोका रूपमा त कहिले हिरोकै प्रतिरूपमा हेर्नु हाम्रो दमित मनोकांक्षा हुने गर्दथ्यो होला –सायद् । पचास पैसा घरबाट उछिट्याउन पाएका बेला अर्को एकजना साथीले पनि सिनेमा हेर्न पाउँथ्यो । बीसबीस पैसा जम्मा चालिस पैसाको टिकट अनि दस पैसाको पापड त्यो पनि हाफ टाइम भएका बेला पिसाब फेर्न बाहिर निस्कँदा किन्ने गरिन्थ्यो । हाफ टाइममा अरू सिनेमाका ट्रेलर देखाउने चलन थियो । पछि लाग्ने सिनेमाका बारेमा तिनै ट्रेलरले थोरबहुत विज्ञापन गर्थे ।
घरबाट कहिले सिनेमाले दिने बाहिरी गाना बज्दा कुद्दै आइन्थ्यो भने कहिलेचाहिँ भित्री गाना बज्दा गेट् किलाई टिकट चेक गर्न लगाइन्थ्यो । एकजना लाटा दाइ थिए जसको नाम म अहिले सम्झन सक्दिनँ । उनी हाम्रा नातामा फुपाजु पर्थे । उनलाई भनेर कतिपल्ट भने सित्तैमा सिनेमा हेरेको सम्झना छ । इमानजमान राखेर भन्ने हो भने उनले मलाई त चिन्थे वा चिन्दैनथे । दहाल राजुलाई भने चिन्थे । हो, म त्यसबेला दहाल राजुकै सोर्समा लुसुक्क हलभित्र छिर्थें । त्यसबेला म दहाल राजुलाई समस्याको गाँठो फुकाउने महान् व्यक्ति मान्थे । अनि मैले उनलाई प्रत्युत्तरस्वरूप अर्को सिनेमा सित्तैमा देखाउनु पर्दथ्यो । सापटी लगाएर सिनेमा हेर्ने जुक्ति हाम्रो थियो जसको धेरै साथीहरू हल्का आरिस गर्दथे ।
मेरो विचारमा सिनेमालाई सकारात्मक र शिक्षा लिने सन्दर्भमा लिने हो भने सिनेमा आफैँमा महान् विश्वविद्यालय हो । बुझेर सिनेमा हेरेका दर्शकहरूले जीवनमा धेरै कुरा सफल रूपले गर्न सक्छन् भन्ने मेरो विश्वास रहेको छ । अहिलेका चकलेटी हिरो हिरोइनजस्ता त्यसबेलाका सिनेमाका कलाकार थिएनन् । ‘मदर इन्डिया’ हेरेर मैले देश भक्तिको पाठ सिकेको छु भने बबी र कभीकभी सिनेमाले प्रेमिल उत्कर्षका रूपलाई चित्रण गरेको पाएको छु ।
सनी देओल, बबी देओल, अक्षयकुमार, नसिरुद्धिन शाह, नाना पाटेकर र मनोज बाजपेयीले पनि जीवनमा काम लाग्ने सन्देश खेलेर मलाई जीवनमा एकौटा काम गर्न हौस्याएका छन् । आशुतोष राना र कादर खानले हँसाउदै रुन र रुँदै हाँस्न सिकाएका कैयौं फलक छन् । ती सन्दर्भको छुट्टै आलेख तयार हुन जान्छ । भारतीय सिनेमा उद्योगका रूपमा क्रियाशील छन् । गीतसंगीतको ठूलो बेपार छ । केही सार्थक र कालजयी सिनेमालाई छाडेर हिन्दी सिनेमाको तुलनामा नेपाली सिनेमा नेपाली दर्शकलाई ठट्टा गरेझैँ लाग्छ । नवीन सुब्बा, मीनबहादुर भाम, सुरज सुब्बा नाल्बो, दिपेन्द्र के खनालजस्ता उदीयमान निर्देशकले आज नेपाली सिनेमालाई वैश्विक व्यापारमा लगेका छन् । जसमध्ये सुरज र नवीनसँग मेरो बालापन र युवापन बितेको छ । सुरज पहिले ग्याल्बो उपनाममा आउँथे पछि नाल्बोमा आएछन् । नवीनसँग चालीसको दसकमा धरानमा हुने बौद्धिक कविता गोष्ठीमा कैंयौं दिन सँगै बिताएका रासरास स्मृतिका फाँकी अझै ज्यूँका त्यूँ छन् । सो अनुभूति पनि दुईचार संस्मरण हुने औकात राख्छन् ।
अझ इनरुवा कै एकजना भाइ थिए –कलाकार तथा निर्देशक अरुण प्रधान । उनी पनि इनरुवामा हिमचिम भएका भाइ हुन् । नेपाली सर्ट मूभिमा जम्न खोज्दै थिए । अचेल विदेश गएका छन् क्यार । बद्री श्रेष्ठ नामका एकजना नाटकमा जमेका हामीभन्दा अघिल्लो पुस्ताका नाटक निर्देशक तथा लेखक थिए । उनले पनि सिनेमा क्षेत्र नै रोजे । ती पनि आजकाल ओझेल भएका छन् । कतै पढ्दिन । कतै देख्दिनँ । उनी मलाई खोज्दा हुन् । म उनलाई खोज्छु । खोजी दुई तर्फबाटै जारी छ । मिलन भएको छैन ।
इनरुवालाई मैले लेख्ने नै हो भने विविध कोणबाट जीवनभरि लेख्न सक्छु । मेरा धेरै कुरा इनरुवा मै छोडिएका छन् । अहिलेको थातवास अन्तै भए पनि म इनरुवालाई कहिल्यै बिर्सने छैन । बिर्सेर पनि बिर्सने छैन । सपनामा पनि इनरुवा नै देख्छु –पचास माथिको शरीरले अझ पनि । साथीहरू गुँडबाट निस्केका चखेवा भएका छन् । म आफैँ पनि चारोका लागि घरबाट घरदेखि बाहिर भएको छु । तर विश्वास छ एकदिन इनरुवामा कुनै दमदार कार्यक्रम भयो र मलाई बोलाइयो भने म मेरा सारा कुरा एकएक गरेर फेहरिस्तका रूपमा प्रस्तुत गर्न सक्छु । त्यसैले पनि म इनरुवाप्रति ऋणि छु ।
आज अचम्म लागेको छ । केटाकेटी उमेरमा नजानी नबुझीकन हेरेका सिनेमाका बारे यति गज्जबसँग बेधड्क लेख्न पाइन्छ र त्यो हामीभन्दा पछिल्ला पुस्ताका लागि पठनीय सामग्री बन्छ भन्ने मैले सोचेकै थिइनँ ।
धन्य प्रविधि ! मैले आज लेख्न सिकेको छु । आफ्नु अनुभूति बाँड्न सिकेको छु । लेखेरै सानोतिनो काम, नाम र माम पाएको छु । फेरिफेरि लेख्ने अवसर आयो भने इनरुवास्थित कमल टाँकिजसँग भएका आफ्ना सम्झनारूपि गुत्थीहरू गुजुल्टिएको सुइटरको धागोजस्तो भएको सम्झनालाई एकएक गरेर पुनः फुकाउने छु ।
कमल टाँकिज जसले मलाई सिनेमाप्रति रूचि जगायो । अहिले चाहिँ म सो टाँकिज र त्यसका सञ्चालकलाई साधुवाद दिन्छु ।