युवाहरुको क्षमताको विकास गर्न मन्थली न.पा. को युवाक्लब गठन कार्यक्रम सुरु


मिलन बि. क. रामेछाप मन्थली,
युवा देशका शक्ति हुन यी शक्तिलाई देशका हरेक निकायमा चलायमान बनाउनको लागि जुनसुकै स्थानबाट भुमिका खेल्नु पर्ने भन्दै मन्थली नगरपालिकाले युवाक्ल्ब गठन गर्न नगरपालिका भित्र रहेका १४ वटै वडालाई निर्देशन दिएसंगै मन्थली नगरपालिका वडा नं ९ पुराना गाँउको वडा कार्यलयले यम थापामगरको अध्यक्षतामा १४ कार्य समितिको युवाक्लब गठन गरेको छ । युवाहरुको नेतृत्व, क्षमता विकास र परिचालनमा सहजिकरण गर्नको लागि, युवा मैत्रि कार्यक्रम निर्माण र कार्यान्वयन गर्नको लागि, युवाहरुमा रहेका अन्तरनिहीत क्षमताको विकासका निम्ति, नगरपालिकाले समिति गठन गर्न निर्देशन दिएलगतै समिति गठन गर्न लागेको मन्थली नगरपालिका वडा नं ९ का वडा अध्ययक्ष बुद्धि बहादुर पुलामीले बताएका छन् ।
स्थानिय युवाहरुमा रहेको विभिन्न प्रतिभा आज सम्म पनि बाहिर ल्याउने मध्ययम नभएकोले अबका दिनमा जो, जो संग जे छ, त्यो लुकाएर राख्नुपर्ने दिन गएको भन्दै त्यस्ता प्रतिभाको प्रष्पुटन्का लागि स्थानिय कालाकार, खेलकुद, उद्यमी,स्थानिय सहकारीमा आवद्ध युवाहरुको परिचालन एक समितिमा रहेर अगाडि बढ्न सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको समिति गठन कार्यक्रममा जानकारी दिएको छ । गठित समितिमा उप–अध्यक्षमा अनिता सेञ्चुरी,सचिवमा गंगा बहादुर आलेमगर, कोषअध्यक्षमा सिता पुरी र अन्य बाकी सदस्य रहेका जानकारी दिएको छ ।