भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको लाल्चिपन स्पष्ट देखियो

मिलन बि. क रामेछाप ।
वैशाख १८,
भुकम्पबाट प्रभावित भएका ओखलढुङ्गा जिल्लाका भुकम्प पिडीत अझै पनि पिडामा रहेको नेपाली कांग्रेस ओखलढुङ्गाका पार्टी सभापति प्रदिप कुमार सुनुवारले बताएका छन् । ओखलढुङ्गको मेलुङ गाँउपालिकामा रहेको सरस्वती मा.वि कुन्तादेवी इकाईद्धारा आयोजित मा.वि स्तरीय बक्तित्वकला प्रंतियोगिता कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । उनले भुकम्प गएको लामो समय बितिसके पनि पिडीतहरुको जिवन स्तर जस्ताको त्यस्तै भएकोमा सरकारको लाल्चिपन स्पष्ट देखिएको उल्लेख गरेका छन् । विकासको नाममा जनताको आँखा छल्ने काममा अहिलेको सरकार लागि परेको उनले बताएका छन् ।
ने.वि.संघले स्थापना काल देखि अहिले सम्म देशमा भैरहेको सकरात्मक कार्यको स्वागत गर्ने र जनतालाई दुख,पिडा पार्ने काममा सदैब त्यसको बिरुदमा लड्ने जनताको हकहितमा रहेकोले भुकम्प पिडीतहरुले चाडो भन्दा चाँडो उनिहरुको जिवन स्तर सुधार,शिक्षा,स्वस्थ्य लगाएत सुविधा सरकारले उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको नेपाल विद्यार्थी संघ ओखलढुङ्गका जिल्ला सचिव कृष्ण सुवेदीले बताएका छन् । उनले अहिलेको सरकारले जनतालाई अधिनायकबाद् देखाएर जनतालाई दुख दिने काम गरेकोमा दुख ब्यक्त गर्दे आगामी दिनमा सरकारले जनताको हितमा काम नगरे त्यसको विरुदमा ने.वि.संघ, विद्यार्थी एक भएर लाग्न चेतवानी दिएका छन् ।
सरस्वती मा.वि कुन्तादेवीका ने.वि सघं इकाई सभापतिसरोज ढकालको अध्यक्षतामा भएको भुकम्प पछिको भुकम्पपिडीतको अवस्था विषयक वक्तित्वकला प्रतियोगितामा शिव ज्योति मा.विका छात्रा राधिका पोखरेल प्रथम, सरस्वती मा.वि कुन्तादेवी छात्र उज्वल धमला द्वितिय र सरस्वती मा.वि कुन्तादेवीकै विनिता धमला तृतिय भएका छन् । उनिहरुले क्रमश ५ हजार, ३ हजार र १५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।