कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

काठमाडौं ।  कतार एयरवेजले प्रिमियम यात्रुको लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।  ३० अप्रिलदेखि ६ मेसम्म फर्स्ट क्लास एवं बिजनेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको लागि एयरवेजले आमन्त्रण गरेको छ । 

यात्रुहरुले अब कतार एयरवेजको १ सय ६० प्रवेशद्वारमध्येको कुनै एक गन्तव्य छनोट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशत र थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको हो । प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्ने बताइएको छ । 

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी साइमन टलिङ–स्मिथले संसारकै सर्वोत्कृष्ट बिज्नेस क्लासको रुपमा कतार एयरवेजले आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न प्रयत्नरत रहेको बताए । 
 
 

प्रतिकृया दिनुहोस