कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण दिन निर्देशन

कार्यालय समयमा कर्मचारी नभेटिने गरेको गुनासो आए पछि रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरेकी हुन् । प्रजिअ केसीले आईतवार चार वटा सरकारी कार्यालयहरुको अनुगमन गरेकी हुन् ।

रामेछाप नगरपालिका भित्र रहेको वन कार्यालय, कारागार, भू–संरक्षण र रामेछाप नगरपालिकाको कार्यालयमा अनुगमन गर्दा ४२ जना कर्मचारी अनुपस्थित रहेको प्रजिअ केसीले जानकारी दिइन ।

उनका अनुसार अनुपस्थित हुने कर्मचारीलाई नियमनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ । त्यस्तै परिचयपत्र र पोशाक अनिवार्य रुपमा लगाउन पनि प्रजिअ केसीले कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।