दुई महिलामाथि सामुहिक बलात्कार

मलिन बि. क रामेछाप
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा दुई महिलामाथि सामुहिक बलात्कार भएको छ । लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको जंगलमा एक विवाहित र एक जना अविवाहित महिलामाथि ट्रकमा सवार ३ जना व्यक्तिहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

धोवीबाट मन्थली आउँदै गरेको ट्रकमा चढेका दुई महिलालाई सामुहिक बलत्कार गरी आइतवार दिउसो करिब तीन बजे हलेदे नजिकै ल्याएर छाडिदिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । उनले बलात्कारको घटनामा संलग्न तीन जना मध्य सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका बर्ष २५ का विजय मगरलाई पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको बताए । ।

घटना आइतबार दिउँसो तीन बजेटको भएपनि पीडित महिलाहरुले साँझ ७ बजे मात्र ट्राफिक प्रहरीलाई आफूहरु बलत्कृत भएको जानकारी गराएका थिए । घटनाको बारेमा थाहा भए लगत्तै प्रहरीले जिल्लाको सबै नाका सिल गरेर दोषीको खोजी खोज्ने क्रममा बलात्कारमा संलग्न विजय मगरलाई आइतबार राति सेलेघाटबाट पक्राउँ गरिएको हो ।