बिमला तामाङको शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

रामेछाप असार,३

समता अस्पताल परिसरभित्र रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ’चिट’लाई आधार बनाउँदै प्रहरीले अस्पतालका
सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल ’सुसाइड नोट’का आधारमा परेका हुन् । उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई प्रहरीले समातेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । घटना शंकास्पद भएको भन्दै मृतक बिमलाका आफन्तले दिनभर प्रदर्शन गरेका थिए ।