मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै रामेछापमा हस्ताक्षर संकलन

रामेछाप असार, ४
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस स्वतन्त्रताको पक्षमा मंगलबार देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ता लिन माग गर्दै महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो ।

हस्ताक्षर गर्दै मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ

आन्दोलनको कार्यक्रम अनुसार असार ३ गते देखि ५ गते सम्म प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने ६ गते संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई पठाउने १० गते मिडिया काउन्सील बिधेयक बिरुद्ध केन्द्रमा कार्टुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्बाचित संघिय र प्रदेश सांसदहरुलाई एस एम एस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० गते प्रदेश समिति र केन्द्रिय समितिले बृहत्तर प्रेस स्वतन्त्रता सभा को आयोजना गर्ने , असार २५ गते मध्यान्ह १२ बजे लालटिन जुलुस गर्ने र असार ३० गते देशभर सिठी जुलुस र सभा गर्ने साथै मिडिया काउन्सील बिधेयक संसदमा पेश हुने दिन आकस्मीक रुपमा बिरोध गर्ने लगाएतका कार्यक्रमहरु सार्बजनिक भएका छन ।