नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा सुरु

रामकृष्ण श्रेष्ठ, रामेछाप,असार, ५

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट  सुरु भएको छ ।

मन्थली नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका २१ वटा माविहरुले सहभागिता जनाएका छन ।  प्रतियोगितामा भलिबल , सर्टफुट , दौड , जम्प , कबड्डी लगायतका खेलहरु समावेश हुने छन । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले खेल संयोजकहरुलाई खेल सामाग्रि हस्तान्तरण गरेर गर्नुभएको छ  । प्रतियोगिता  ३ दिनसम्म सन्चालन हुनेछ ।