अध्यक्ष ढुंगेलको नेतृत्वमा संकलित हस्ताक्षर ः सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई

मिलन बि.क,रामेछाप
६ असार,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले गएको मंगलबार देखि सञ्चालन गरेको हस्ताक्षर अभियान बाट संकलित हस्ताक्षर सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।

पत्रकार महासंघका अध्यक्षख सहायक प्रमुख जिल्ल अधिकारी लोकमान श्रेष्ठलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्दै

संसदमा पेश भएको मिडिया काउन्सिल बिधेयकको बिरोध गर्दै पत्रकार महासंघ रामेछापले तेस्रो चरणको आन्दोलन अन्तर्गत असार ३ गते देखि ५ गते सम्म हस्ताक्षर संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्षको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले शुक्रबार सहायक प्रमुख जिल्ल अधिकारी लोकमान श्रेष्ठलाई महासंघका अध्यक्ष रमेश ढुंगेलले उक्त हस्ताक्षर संकलन गरिएको ब्यानर हस्तान्तरण गर्नु भएको हो ।