नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

रामेछाप।

 उमाकुण्ड गाउँपालिका वार्ड नम्बर -१ मा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण कार्यले तिब्रता पाएको छ ।यो सँगै यस क्षेत्रका नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विस्वास लिएको पालिका उपाध्यक्ष उर्मिला कार्कीले बताइन । सदरमुकाम मन्थली बाट निकै टाढा रहेको दुर्गम भेगमा यस्तो भवन बन्नु हाम्रो लागि गर्वको बिषय भन्दै वार्डको तर्फबाट सक्दो सहयोग गर्ने वार्डअध्यक्षले नुर्बु शेर्पाले जानकारी गराए । सर्वसाधारण जनलाले भने छिटो भवन निर्माण सम्पन्न गरि सेवा लिन नपाऊदा सम्म खुशी हुनु नपर्ने बताए । के कस्ता औषधीहरू र सेवा प्राप्त हुन्छन ? त्यसपछि मात्र अस्पताल बनेको खुसियाली व्यक्त गर्न सकिने स्थानियहरूको भनाई छ ।