मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि

मिलन बि क
असार ७,रामेछाप

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “भन्ने नाराको साथ रामेछापको सदरमुकाम मन्थलीमा बिहिबारबाट भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितो शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न रामेछापको मन्थलीमा, मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली माविले जित हाँसिल गरेको छ । खेलमा मन्थली माबि २७ स्वर्ण , १९ कास्य, २१ रजत सहित प्रथम भएको छ, भने तामाकोशी बोडिङ स्कुल ६ स्वर्ण,४ रजत, १० कास्य सहित द्रोसो भएको छ । त्यसैगरि कर्कलादेबी बोडिङ स्कुल ३ स्वर्ण,६ कास्र्य सहित तेस्रो भएको छ । बिजेताले सिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मन्थली नगरपालिकाको आयोजना तथा मन्थली माध्यमिक बिद्यालय मन्थलीको ब्यबस्थापनमा भएको खेलमा कपड्डी, तक्वान्दो, भलिबल, कराते, उस्सु र एथ्लेटिक खेल समाबेश भएको थियो । खेलमा मन्थली नगरपालिका भित्रका २१ बिद्यालयका बिद्यार्थीहरु सहभागि भएका थिए । खेल ३ दिन सम्म सञ्चालन भएको हो ।