एकल महिलाले निर्माण गर्ने भवनको लागी जग्गा उपलब्ध गराउर्छु ः अध्यक्ष श्रेष्ठ

रामेछाप असार ८, मिलन बि.क

मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले एकल महिलाहरुको हकहितमा काम गर्ने बताएकी छिन । ९ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसमा आईतबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन । उनले एकल महिलाहरुको लागी सिपमुलक तालिम सहित भवन निमार्णको लागी सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन् ।
त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले एकल महिलाले निर्माण गर्ने भवन निमार्णको लागी जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन् । श्रेष्ठले एकल महिलाहरुको लागी काम गर्न सुरुवात आफ्नो वडाले गरेको हुनाले अब सबै वडाहरुले एकल महिलाको हितमा काम गर्नु पर्नेमा जोड्दिएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै एकल महिला समुह रामेछापका सल्लाहकार तारा भन्डारी मगरले एकल महिला पनि हाम्रो आमा सहर भएकाले आमा सरहको ब्यबहार गर्नुपर्नेमा जोड दिएकी छन् । उन्ले स्थानिय सरकारले एकल महिलाको क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएकी छन् ।
त्यस्तै एकल महिला समुहकी अध्यक्ष शान्ता कार्कीले अझै धेरै एकल महिलाको क्षेत्रमा काम गरी एकल महिलाहरुको जीवन स्तरमा सहयोग पु¥याउने बताएकी छन् ।