एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

८ असार, रामेछाप

रामेछाप मिलन बि.क

बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको  घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

र्दुघटना ग्रस्त एम्बुलेन्स

दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेरको छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । बिरामी लिन मन्थली आउदै गरेको एम्बुलेन्समा चालकसहित २ जना सवार थिए ।