छोरीको जन्म दिनको अवसरमा विद्यार्थीलाई पोषक वितरण

रामेछाप असार ९,मिलन बि.क

उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु
वितरित पोषक लिएपछि

रामेछापको उमाकुण्डा गाँउपलिका वडा नं १ गुम्देल साविकको वडा नं १ क्याममा छोरीको जन्मदिनको अवसरमा पोषक वितरण गरेका छन् । १५ वर्षदेखि बेल्जियममा बस्दै आएका पेम्बा र्शपाले आफ्नी छोरी ल्हाक्पा याङजी र्शपा १७ वर्षमा प्रवेश गरेको शुभअवसरमा श्री उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई पोषक वितरण गरेका हुन । र्शपाले विगतको वर्षदेखी पाँच वर्षसम्म आफ्नी छोरीको जन्म दिनको अवसरमा विद्यालयलाई सकेको सहयोग गर्ने फोन मार्फत बताएको रातोतारा युवाक्लबका सचिव ङापेम्बा र्शपाले बताएका छन् ।

उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु
वितरित पोषक लिएपछि

र्शपाले विदेशमा छोरीको जन्मदिनको अवसरमा गर्ने खर्च आफु जन्मेको ठाँउका भाई बहिनीको भविष्य र उनिहरुको खुसिको लागि खर्चेको पनि बताएको सचिव र्शपाले जनता भ्वाइस् संगबताए । सोमबार विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय ब्यवास्थापन समितिका अध्यक्ष लाक्पा रिन्जी र्शपा, प्रधानाध्यपक धर्मसिंह तामाङ,रातोतारा युवाक्लबका संस्थापक सचिव तेञ्जी र्शपा, अभिभावक, बुद्धिजिबि लगाएतको उपस्थितिमा वितरण गरेको होे । पोषक पाएपछि विद्यालयले खुसी ब्यक्त गर्दै समाज सेवी र्शपा प्रति धन्वाद ब्यक्त गरेको छ र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ ।