ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

रामेछाप,असार १०, मिलन बि.क

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा ५ सय मिटर माथिको पाखामा उक्त विष्फोट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताएका छन् । घटना पछि जिल्लाको सुरक्षा ब्यवस्था कडा बढाइएको छ । यात्रुबाहक सवारी साधन लामो दुरीको नचलेको र चलेको साना माइक्रोबस,सुमो लाई स्कटिङ मार्फत सुरक्षाको साथै बाहिरा पठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यलय रामेछाप ले जनाएको छ ।