वीपी हाइवेमा कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सबिना कार्की, रामेछाप ।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । दुर्घटनामा ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । दुर्घटनामा ५८ वर्षीय दीपक लामिछाने र २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन् । खोटाङबाट काठमाडौँतर्फ जाँदै गरेको कार गए राति अनियन्त्रित भई सडकबाट २ सय मिटर तलखसेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।