जन्मदिनमा बिपन्नलाई टिनको छानो

रामकृष्ण गिरि,असार १४,


ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरबार बिहिन बिपन्नलाई बस्ने घर बनाई दिएका छन् । ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलार्ई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन् ।

बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पादेवी गाउँपालिका १० रानीवनका ८० वर्षिय गम्वसिं खड्कालाई बस्नको लागी बासको ब्यवस्था गरिदिएका हुन । घर परिवारमा कोही नभएका बृद्ध खड्का आफुले बस्ने बास पाएकोमा खुसी देखिका छन् । आफ्नो वडा अध्यक्षले घर वनाई दिएर म बुढोलाई ठुलो गुण लगाएको र अव खानका लागी पनि कसैले जोहो गरी दिए म बुढोको आशिस लाग्ने थियो आँखाभरी आँसु बगाएर उनले भने । जन्म दिन मनाउनका लागी फजुल खर्च गरेर पस्चिमा संस्कृतिको बिकास भै रहेको अवस्थामा वडा अध्यक्ष बुढाथोकी उदाहरणिय बनेका छन् । फजुल तथा देखावटी खर्च गरेर चरीत्रको बिकास भन्दा आफुले बिपन्नको खुसी नै मनको खुसी देखेका कारण जन्म दिन यसरी मनाउन लागेको बुढाथोकीले बताए ।

बुढाथोकीले गर्त वर्ष २५ औं जन्म दिनमा पनि आफ्नो वडामा बेसाहरा बनेकी फिन्चेमाया सार्कीलाई खाद्यन्न सहयोग गरी मनाएका थिए । उनले सार्कीलाई चामल, दाले, नुन, तेल र तीन हजार नगद दान गरेर मनाएका थिए । आफू पनि विपन्न परिवारको मान्छे भएका कारण विपन्नको दुःख आफूले देख्न नसकेको र यो वर्ष खड्कालाई घर बनाई दिएको उनको भनाइ छ । आउने दिनमा पनि सामाजिक सेवामा लागी रहेने बताउने बुढाथोकीले बैठक भत्ता जोगाएर स्थानीय विद्यालयलाई एक सेट कम्प्युटरसहित कपी, कलम, सामान्यज्ञान सम्बन्धी पुस्तकहरू पनि हस्तान्तरण गरेका थिए ।