मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड : नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

रामेछाप, असार २०, मिनल बि.क

मन्थली नगरपालिकाले आगामि आर्थिक बर्ष २०७६÷७७ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मन्थली नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरि ८२ करोड ४ लाख ३९ हजार बजेट सार्वजनिक गरको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले प्रस्तुत गरको बजेटमा राजस्व,परिचालन नीति, सार्वजनिक सेवा,सुशासन तथा क्षमता विकास,शिक्षा, खानेपानी, लक्षित वर्ग, युवा तथा खेलकुद, स्वस्थ्य सेवा, पूर्वाधार निर्माण, कृषि तथा पशुविकास, पर्यटन, सिंचाइ,वातावरण तथा विपद ब्यवस्थापन र गरिबी न्युनिकरण तथा रोजगारी प्रर्वद्धनलाई प्राथमिकतामा राखिएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगरप्रमुख बस्नेत

नगरपालिकाकाले संघीय वित्तीय समानीकरण अनुदान तर्फ २० करोड ५९ लाख, संघीय राजश्व बाडफाड तर्फ ११ करोड ५८ लाख, संघीय शर्सत अनुदान तर्फ ३० करोड ९३ लाख, जलविद्युत रोयल्टी तर्फ १ करोड ४२ लाख ७० हजार, प्रदेश वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख २६ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३० लाख, नगरको आन्तरीक आम्दानी तर्फ २ करोड ६५ लाख, सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार रकम विनियोजन गरको , संघीय राजश्व बाडफाड तर्फ ११ करोड ५८ लाख, संघीय शर्सत अनुदान तर्फ ३० करोड ९३ लाख, जनविद्युत रोयल्टी तर्फ १ करोड ४२ लाख ७० हजार, प्रदेश वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख २६ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३० लाख, नगरको आन्तरीक आम्दानी तर्फ २ करोड ६५ लाख, सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार गरि जम्मा ८२ करोड ४ लाख ३९ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ । अनुमानित रकमबाट भौतिक पुर्वाधार क्षेत्र तर्फ ५ करोठ ६२ लाख ६९ हजार, सामाजिक विकास क्षेत्र तर्फ ३२ करोड ८२ लाख ८१ हजार,सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार, आर्थिक विकास क्षेत्र तर्फ १० करोड २३ लाख ५९ हजार, वन,वातावरण तथा विपद ब्यवस्थापनमा ४७ लाख ९२ हजार, संस्थागत विकास,क्षमता विकास तथा सेवा प्रवाह तर्फ ६४ लाख ६८ हजार, नगर गौरवका आयोजना सञ्चालन तर्फ ४ करोड ४९ लाख २७ हजार, चालू खर्त तर्फ १४ करोड २३ लाखको रकम खर्च हुने अनुमान गरको छ ।

नगरपालिकाले आ.आ.वाभित्र नगरलाई विकासरको गतिमा अघि बढाउने महत्वकांक्षी योजनामा एकिकृत बस्ति विकास,कृषकलाई दुध खरिद बिक्रीमा छुटको ब्यवस्था गर्ने, नगरपालिका भित्रका सबै वडाहरु जोड्ने सडक पिचको कामलाई अघाडि बडाउने,प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नियन्त्रन गर्ने,युवाहरुलाई सिपमुलक तालिमको ब्यवस्था गर्ने, स्वइमिङ पुल, खानेपानी,कुलो, बोरिङ, लक्षित वर्ग कार्यक्रम, शैक्षिक योजना, खेलकुद, ढल निकास,शिक्षा, सामाजिक विकास, आर्थिक विकास, कृषि तथा पशुविकास, स्वास्थ्य सेवा,बालश्रम मुक्त, गरिबी न्युनीकरण तथा रोजगारी प्रर्वद्धन, विपद ब्यवस्थापन,न्याय ब्यवस्थापन,पर्वाधार विकास, लैङगित जातजातिको क्षमता विकास, पिछाडिएका वर्गको विकास लगाएतका योजना अघि सारेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।