मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत

रामेछाप, असार,१९

मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत भएका छन् । मन्थली नगरपालिकको पाँचौ नगर सभाले मन्थली नगरपालिकाभित्रका विद्यालयहरु मध्ये सिंहलाई विद्यालय सुधारको लागि उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । यस मावि रामेछाप जिल्लाकै नमूना माविको रुपमा पहिचान बनाएको मन्थली माविका शैक्षिक प्रमुख रहेर विद्यालयको शिक्षक गुणस्तर माथि उठाउन भूमिका खेल्दै आएका शिक्षक धामीलाई यस बर्षको उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको छ । मन्थली नगरपालिकाभित्र रहेको १९ वटा माविबाट धामी उत्कृष्ट शिक्षक हुन सफल भएका छन् ।

पुरस्कृत भएपछि जनता भ्वाइुलाई प्रतिक्रिया दिदै शिक्षक धामीले भने,‘जिल्लाकै नमूना विद्यालयक बनाउन सफल भएका छौ, विद्यालय परिवारको साथ र सहयोग विद्यार्थीको लगनशिलताकै कारण हामी सफल भएका हौ । उनले विद्यालयले आफूलाई गरेको विश्वास र सहयोगकै कारण विद्यालयलाई अहिलेको अवस्थामा ल्याउन सकिएको बताउएका छन् । शिक्षक धामीले घरपरिवारको पनि उत्तिकै साथ रहेको बताए । आगामी दिनमा विद्यालयलाई झन राम्रो बनाउने दायित्व थपिएको र राम्रो बनाउने जानकारी दिए ।