मालबाहक ट्रकले किच्दा एक मज्दुरको ज्यान गयो

रामेछाप,असार २०, लक्ष्मण खड्का
मालबाहक ट्रकले किच्दा एक जना मजदुरको ज्यान गएको छ । शुक्रबार बिहान मन्थलीबाट लिखु हाईड्रोपावर कम्पनिमा सामान लिएर जाँदै गरेकको बा ५ ख ४५९१ नं को ट्रकले सडक मर्मतको काम गरिरहेका दाङ निवासी अमृत बहादुर सुनुवारलाई किच्दा सुनुवारको मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबीले जनाएको छ । शुक्रबार करिब बिहान सात बजेको समयमा लिखु तामाकोसी गाँउपालिका वडा नं ४ भन्ज्याङ भन्ने ठाँउमा अन्दाजी ५० वर्षिय सुनुवारको घटना स्थलमानै ज्यान गएको बताईएको छ ।

घटनामा संलग्ना ट्रक चालक इलाका प्रहरीक कार्यलय धोबीको नियन्त्रमा रहेको छन् भने सहचालक फ्ररार रहेका छन् ।