इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

रामेछाप ,२१ असार, अनिता थापा मगर

कोल्गेट इमेज लोक कलाकार सिजन २ का बिजेता रामेछापका राम कुमार नेपाली नेपाल कै पहिलो ठुलो रियालिटी सो नेपाल लोक स्टारमा गोल्डेन स्टार बन्न सफल भएका छन् । रामकुमार नेपालीले नेपाली लोकगितसंगितको क्षेत्रमा निकै ठुलो योगदान दिएकाछन । रामकुमार नेपाली रामेछापमा मात्रै नभएर देश तथा बिदेशमा समेत चर्चा बटुलेका छन ।

धेरै मिठामिठा गितहरु गाउदै धेरै निकै मिठो गित गाएर नेपाल लोकस्टारका मन रामकुमारले सजिलै जित्न सफल भएका थिए । नेपाल लोक स्टार रियालिटी सो मा आफ्नो प्रस्तुती देखाए पश्चात सिधै टप २० मा पुगेकाहुन । टप २० मा पर्ने बित्तिकै रामकुमार नेपाली निकै खुसी भएको बताएका छन ।