हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

रामेछाप,असार २१,

नेपाली कांग्रेसको भातृ संगठन ने.वि संघ लामो समय सम्म नेतृत्व विहिन भएको अवस्थामा त्रिचन्द्र कलेजमा आम विद्यार्थीहरुलाइ हाम्रो ने.वि संघ खोई भन्दै खुल्ला छलफल चलाएका छन्।
छलफलको सुरुवात नेविसंघका निवर्तमान केन्द्रीय सदस्य उज्जवल राम घिमिरेले अध्यक्षको खाली कुर्चीमा माल्यार्पण गर्दै छलफलको बिषयमा प्रबेश गरेर छलफल अघि बढेको थियो।
नेविसंघलाई लामो समय सम्म अनिर्णयको बन्दी बनाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्दै उनले थपे, ुने.वि संघ विशुद्ध विद्यार्थीहरुको संगठन हो। त्यसैले आम बिध्यार्थी माझबाट नेतृत्व चयन भएमात्र हिजोको ने.बि.संघको गर्विलो इतिहास कायम रहन सक्ने छ ।

नेविसंघ पूर्व केन्द्रीय सदस्य कल्पना खड्काले ने.वि संघ खोई भनेर प्रश्न गरेकी थिन । सदस्य खड्काले छलफल श्रीङ्खला बद्धरुपमा अगाडी बडाउने र नेविसंघ केन्द्रीय समिति नआए सम्म चलिरहने उनले दाबी गरिन् ।

नेविसंघका विभिन्न जिल्लाका सभापती, विभिन्न विश्वबिध्यालयका सभापती, स्ववियु सभापति, इकाइ अध्यक्षहरुको उपस्थितले खचाखच भरिएको हलमा नेविसंघको केन्द्रीय कमिटी चाडो आउनु पर्छ भन्दै केहिबेर नारावाजी समेत चलेको थियो। छलफलले विद्यायर्थी नेताहरुको सुझाब संकलन र आगामी दिनमा राम्रो नेत्रित्वको खाँचो रहेको निषर्कश निकाल्दै समापन भएको थियो ।