आदिकवि भानुभक्त जयन्तीको अवसरमा श्रष्टा जमघट तथा रचना वाचन हुने

रामेछाप,असार,२२

२०६ औं भानुजयन्तीको अवसरमा विशेष स्रष्टा जमघट तथा रचना वाचन कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम रामेछाप कला साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको हो । सो कार्यक्रम असार २८ गते शनिबार गौरिशंकर बहुमुखी क्याम्पस रामेछापमा हुने प्रतिष्ठानका सचिव कुमार श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा विशेषगरी साविक जनकपुर अञ्चलका स्रष्टाहरुको जमघट तथा रचना वाचन हुने आयोजकले जनाएको छ ।

आदिकवि भानुभक्त जयन्तीको अवसर पारेर श्रष्टा जमघट तथा रचना वाचन कार्यक्रम हुन लागेको हो । आदिकविले नेपाली साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानलाई स्मरण गर्न र आजको र आउदो पुस्ताले समेत आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको बारेमा बुझेर नेपाली भाषा तथा कला साहित्यलाई उचाईमा पुर्याउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष धनलाल योञ्जनले जनता भ्वाईस डट कमलाई जानकारी दिए ।