एसईई पूरक परीक्षाको परीक्षा तालिका परिवर्तन

काठमाडौं, असार २२ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन भएको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित तर्फ सहभागी भई सी ग्रेड वा त्यो भन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने बोर्डले उल्लेख गरेकोछ। त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। यस्तो छ समय तालिका–