आजका पत्रपत्रिका जस्ताको त्यस्तै

असार २३

काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले तरकारी तथा फलफूलको विषादी परीक्षणदेखि खाडीमा नेपाली घरेलु कामदारले भोगेको पीडा, सार्वजनिक सम्पदा दुरुपयोगसम्मका विषय उठाएका छन् ।नेपालको ताजमहलका रुपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको राजधानी दैनिकले लेखेको छ ।

त्यस्तै कान्तिपुरले खाडीमा रहेका नेपाली कामदारले भोगेको पीडालाई आज प्रमुख समाचारका रुपमा प्रस्तुत गरेको छ ।

त्यस्तै अन्नपूर्णले ‘छन् पर्याप्त प्रयोगशाला’ शीर्षक दिएर चर्चामा रहेको तरकारीको विषादी परीक्षणको अन्तरकुन्तर केलाउने प्रयास गरेको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको जग्गा दुरुपयोगबारे सोधीखोजी गरेको छ ।

त्यस्तै गोरखापत्रले अविवाहित छोरीले जन्माएको बच्चा माइतीकै हुने हुम्लाको अनौठो चलनबारे एंकर बनाएको छ ।