माटोको ढिस्कोले पुरिएर एक को मृत्यु, दुई घाइते

सम्झना श्रेष्ठ, सिन्धुली , असार २३।

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ६ स्थित माटोको ढिस्कोले पुरीएर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनकोशी गाउँपालीका वडा नं. ६ आमपानी की २४ वर्षिय सर्मीला रम्तेल रहेको बताइएको छ । घटनामा सोही ठाउँकी ३५ वर्षीय विमला रम्तेल, र १८ वर्षिय रामु रम्तेल रहेका छन् । घर पोत्ने माटो खन्न गएका ४ जना मध्ये सोही ठाउँकी ५० वर्षिया सुकमाया रम्तेल सकुशल रहेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागी आत्मिय अस्पताल खाल्टे पठाइएको बताइएको छ ।