कार र हायस ठोक्किदा १० घाइते, ३ गम्भिर

सम्झना श्रेष्ठ, असार २५, सन्धुली



सिन्धुलीको सुनकोशी गाउपालिका –६ चयनपुरमा आज विहान कार र हायस एक आपसमा ठोक्कीदाँ १० जना यात्रु घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । काठमाडौंबाट सिन्धुली तर्फ आउदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार एक आपसमा ठोक्कीएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका इन्सपेक्टर विरेन्द्र घिमिरेले जानकारी दिए । उहाँका अनुसार दुर्घटनामा हायसमा सवार ९ जना यात्रु र कारका चालक घाईतेका भएको छन् । घाईते सवैको सुनकोशी ६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।