अझै खुलेन मन्थली–खुकोट सडक यात्रुहरु विचबाटामै अलपत्र

रामेछाप,असार,२७,

रामेछापबाट राजधानी काठमाडौँ जाने प्रमुख नाका मन्थली–खुर्कोट सडक अवरुद्ध भएको छ । गएराती नै सडकको ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेल जानकारी दिनुभएको छ । उहाँका अनुसार सडकमा खसेको पहिरो स्काभेटर लगाएर हटाउने कामभैइ रहेको छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार खुर्कोट पुल नजिकै खसेको पहिरो पन्छाउने काम भईरहेको छ । सडक अबद्ध हुँदा राजधानी आउने जाने सवारी साधन यात्रुहरु विचबाटामै अलपत्रमा परेका छन । बिहानदेखि नै राजधानी आउने जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।