यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

काठमाडौं

यति एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट राजधानी आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको बताइएको छ । दुर्घटनामा १ जना घाइते भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्य यात्रु भने सकुशल रहेका कार्यालयले जानकारी दिइएको छ ।
घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।