कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

असार २८

अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह अत्यधिक बढिरहेको छ । सप्तकोसी र कमला नदीको बाढीले खतराको स्तर नाघेको छ ।

कमला नदी धनुषा – तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको बाढी मापन केन्द्रले जनाएको छ ।
वर्षा हुने क्रम जारी देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ ।
असार २८ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’ बाढी मापन केन्द्रले शनिबार बिहान सूचना जारी गर्दै आहन गरेको छ ।
यसैगरी सप्तकोसी नदी चतरामा पनि शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह पार गरेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।