रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

असार,२८

रामेछाप नगरपालिकाको वार्ड नम्बर ५ रामपुरमा अबिरल वर्षाको कारण आएको पहिरोले बिस्थापित परिवारलाई नेपाल रेड्क्रस जिल्ला शाखा रामेछापले समाग्री सहयोग गरेको छ । बिहिबारदेखी लगातारको वर्षासंगै आएको पहिरोमा परि ७१ वर्षीय पदम कुमारी सुनुवारको मृत्यु भएको थियो । मृतककी बुहारीलाई शनिबार शाखाले २० हजार बराबरको राहात समाग्री हस्तानतरण गरेको नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनसार पिडितहरुलाई तत्कालका लागि बस्नको लागि छानोको रुपमा पाल, मण्डली , भाडा , खाद्ययन्न,कपडा लगाएतका सामाग्री हास्तानतरण गरेको छ ।

मृत्यु हुने र घाइते हुने परिवारलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रामेछापबाट उपलब्ध राहत सामाग्री रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको उपस्थितिमा राहात सामाग्री वितरण गरको हो । साथै घाइतेलाई फलफुल र जुस बितरण गरियो र घाइतेको सिघ्र स्वस्थलाभको कामना गरको छ ।