प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

रामेछाप, असार २९,

लुटतन्त्रको “उत्कृष्ट ”नमुना तुलसिपुर १९ मा ! अध्यक्षको घरमा धारो जोड्न मजदूरको दुरुपयोग

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको तुलसिपुर उपमहानगरपालिका वडा नं १९ मा व्यापक दुरुपयोग भएको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष राम बादुर योगीको को निजी धारो सम्म पाईप लाई बिच्छ्याउनका लागि प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत आजै मजदूरहरु खटाईएका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत प्रस्तावनामा वडा कार्यालयमा पाइप लाइन खन्ने छ तर त्येसो नगरी योगीले आफुले व्यक्तिगत प्रयोग गर्नका लागि निर्मीत धारामा पाईप लाईन जोड्नका लागि बेलझुण्डी खानेपानीको बासँगढी बाट नव निर्मित ट्याङ्कीबाट वडाध्यक्षको घरसम्म पाइप लाइन खन्न लागेको एक स्थानीयले बताए । यस बिषयमा वडा नं १९ का वडा अध्यक्ष राम बहादुर योगी संग बुझ्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको दुरुपयोग नगरीएको र आफ्नो घरको बाटो भएर सामुदायिक धारोका लागि पाईप जोड्न मजदूरहरु खटाईएको बताउनुभयो ।