प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

असार ३१
प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिइएका छन् । उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हनु । मुख्यमन्त्री डोरमणि पौडेल लगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् । उनले मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेशको प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको बताएका छन्।