मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

रामेछाप ,असार,३०

अविरल बर्षाको कारण आएको पहिरोको कारण अवरुद्ध भएको मन्थली खुर्कोट सडक खण्ड सञ्चालनमा आएको छ । तीन दिनपछि स्थानीय प्रशासन, मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलको प्रयासमा खुर्कोटस्थित पुलमा आएको पहिरो पन्छाइएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले निरन्तर पयासबाट खुर्कोटको अबरोध हटाउन सफल भएको बताताइन ।

उन्ले सडक खुलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । साथै अझै वर्षा भैरहेकाले त्यस्ता जोखिम रहेको भन्दै उच्च सावधानिका साथ यात्रा गर्न र सत्रक् रहन आग्रह गरेकी छिन ।