आज साउने सङ्क्रान्ति

रामेछाप, साउन १,

आज साउन एक गते अर्थात साउने संक्रान्ति । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाउने गरिन्छ ।


आजै छाला सम्बन्धी रोग निको पार्न लुतो फाल्ने समेत चलन छ । कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीय वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए ।

त्यस्तै साउनमा महिलाले हरियो चुरा कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने पनि चलन छ ।

भगवान् शिवको विशेष पूजा हुने साउनभर देशभरका शिवालय मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।