खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

रामेछाप,साउन,२

रामेछापको खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको जोखिममा परेको छ । केहिदेखि अघि भएको अविरल वर्षाका कारण खाडाँदेवी गाउँपालिका वडा नम्वर ८ को चिरङखु गाउँमा ८ घर र वडा नम्वर ९ को सिमडाँडामा १ घर गरी ९ घर पहिरोको जोखिममा परेका हुन । चिरङखु गाउँका स्थानीय वावुराम तामाङ, वुद्ध तामाङ,जगत वहादुर तामाङ, रामसिँह तामाङ, दमाइस्या तामाङ, लक्षीमान मगर र इन्द्र वहादुर श्रेष्ठको घर पहिरोको जोखिमा परेको हो । त्यस्तै सिमडाडा स्थानीय अम्वर भण्डारीको घर पनि पहिरोको जोखिममा परेको स्थानीय सिँह कुमार श्रेष्ठर्ले जानकारी दिए ।