(रोम विधान) को,नेपालमा आवश्यकता र महत्व विषयमा छलफल

रामेछाप,साउन,२

बिहिवार रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय फौजदारी अदलात (रोम विधान) नेपालमा आवश्यकता र महत्व विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


मानवअधिकार संजाल रामेछाप र ईन्सेक रामेछापको आयोजनामा भएको उक्त कार्यक्रमा पत्रकार,मानव अधिकारकर्मी विच करिब एक घण्टा खुल्ला छलफल भएको हो ।

खुल्ला छलफलमा विश्वमा घटने अपराधिक घटनाहरुलाई नियुनिकरण गर्न अन्तराष्ट्रिय निकायको रुपमा अन्तराष्ट्रिय फौपदारी अदालत स्थापना भएको र यसले गर्ने कामको विषयमा मानव अधिकारकर्मी रामे५ापका संयोजक पाण्डप प्रसाइले जानकारी गराएका थिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा रमोछापका अध्यक्ष विष्णु कुमार कार्की, नेपालबार रामेछापका अध्यक्ष बाबुकाजि दाहाल, मानव अधिकारकर्मी सदस्य नबराज पथिक,रामेछाप जिल्लामा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।