चन्द्र मानन्धरद्धारा पहिरो पिडितलाई खाद्यान्न र त्रिपाल सहयोग

रामेछाप, साउन,४


रामेछापको सुनापाती गाउपालिकामा दुई घर पहिरो पिडितलाइ चन्द्र मानन्धरले खाद्यान्न र त्रिपाल सहयोग गरेका छन् । केहिदिन अघि परेको अविरल वर्षापछि गएको पहिरोले घर भत्किदा वासको समेत समस्या भएका विष्णुमाया मानन्धर र मङ्गलीमाया मानन्धरलाइ उनले खाद्यान्न र त्रिपाल सहयोग गरेको हुन ।

बिपतको बेला सबैले सहयोग गर्नु मानबिय धर्म रहेको भन्दै उनले आफुले पनि सकेको सहयोग गरेको र अरुलाई पनि पिडितलाइ सहयोग गर्न अपिल गरेका छन् ।