नव सन्देश साकोस, न्यु लक्ष्मी मनि ट्रान्स्फर र रा.बा. बैंकमा एकै साथ चोरि

लक्ष्मण खड्का।रामेछाप । साउन ८

गएको राति लिखुतामाकाेशी गाउँपालिका ३नं. वडा र ५ नंं. वडाको केन्द्र बिन्दु धाेबि बजार काे बिच बजार अबस्थि N.S Group द्वारा संचालित नबसन्देस साकाेस तथा रेमिट्यान्स र न्यु लक्ष्मी मनीट्रान्स्फर , राष्ट्रिय बाणिज्य बैंकको ब्रान्चलेस शाखा धाेबि एकै साथ चाेरी भएकाे छ।
राति ११:३० बजे पछि उक्त घटना घटेकाे हुनसक्ने आकलन गरिएकाे छ । नबसन्देस साकाेस धेरै रकम चोरी हुनबाट जाेगिएकाे छ । Ime न्युलक्ष्मि ट्रास्फर काे पछाडि पट्टि काे झ्याल फाेरेर भित्र पसेकाे र दराज मा नगद नभएकाे तर सुनकाे गहना चाेरी भएकाे जानकारि ईलाका प्रहरी कार्यलय धाेबिले दिएकोछ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यलय धाेबि का प्रमुख सहित काे टाेलिले अनुगमन गरि अनुसन्धानकार्य अगाडि बडिरहेकाे छ।यसै गरि केही समय अगाडि G.M.S माेबायल पसल यसरी नै चाेरि भयकाे थियाे उक्त पसल बाट ४लाख भन्दा माथिकाे सामान चाेरि भएकाे र हाल सम्म पनि पत्ता नलागि रहेकाे अबस्थामा फेरि बजारबासी हरू थप त्रासित हुनु पर्ने अबस्था आएको र सुरक्षा काे अभाब भएकाे समेत जानकारि दिदै अाईरहेका छन । हालसालै बसपार्क मा पर्किङ गरेर राखेकाे बाईक समेत हराएकाे थियाे।हाल धाेबि बजार मा चेकपाेस्ट समेत नरहेकाे हुदा अझ समस्या बढेकाे स्थानिय ब्यबसाहि हरूकाे गुनासो छ।