सोंचको वर्गीकरण

कथा

‘तिमीलाई विश्वास दिलाउन के गर्नुपर्छ ?’
यत्तिकै भनिदिएँ –पुरुष जात विश्वास गर्न लायक हुन्छन र ?
निधार खुम्च्याएर हाँस्दै भन्यो –तिमीलाई जुनदिन ममाथि पुरा विश्वास लाग्छ त्यो दिन मात्रै भेट्छु ।
ऊ गयो ।
साँच्चै त्यो दिनदेखि भेट हुन छाड्यो । अनलाइन देखिन छाड्यो । तिमीलाई माया गर्छु भन्ने सन्देश आउन छाड्यो । ठानिदिएँ, घुर्की लगाइरहेछ ।
छ महिना बित्यो । फोन सम्पर्क केही भएन । सन्देशको जवाफ आएन । एकोहोरो पठाइरहेँ । सीन देखाउथ्यो तर प्रत्युत्तर आउदैनथ्यो । उसलाई देख्न, कुरा गर्न नपाउदाको छट्पटीले छातीमा गहिरो पीडा हुन्थ्यो ।
सात महिनापछि एकसाँझ बेझाड चोकमा भेटियो । अकस्मात जुरेको भेटले प्रशस्तै खुसी दियो तर भेटमा फिक्का मुस्कान बाहेक केही दिएन । चरक्क चिरियो मन । घरमा पुगेर फेसबुक खोलेँ । ऊ अफ थियो । फोन गरेँ । उठेन । उसकी श्रीमतीलाई फोन गरेर उसको बारेमा सोधेँ । झर्किदै भनी –कहाँ हुनुहुन्छ मलाई खबर हुन्छ र ? कहाँ जानुहुन्छ के खानुहुन्छ म के जानुँ ?
अचम्म श्रीमतीलाई लोग्नेको बारेमा थाहा हुँदैन ।
अन हुने समयको प्रतिक्षा गरिरहेँ । राती एक बजेतिर मात्र अन देखियो । हतार हतार टाइप गरेँ –हजुरलाई सम्झिरहेछु । फोन उठाउनु न ।

‘अनि के त त्यति राम्री श्रीमती छाडेर हजुर मलाई किन माया गर्नु हुन्छ र ?’
सम्पर्क टुट्यो । मन नरमायो । मलाई उसको प्रेममा बिश्वास छैन तर ऊ साह्रै मनपर्छ । र मन पर्नु प्रेम होइन ।


सीन देखायो तर जवाफ आएन । फेरि लेखेँ –सरितासँगै हो ?
जवाफ आएन । मूर्ख प्रश्न सम्झेर हासेँ । यति राती श्रीमतीसँग नभएर कोसँग हुन्छ त ? प्रत्युत्तर नआउने निश्चित भएपछि फेसबुक बन्द गरेर पल्टिएको थिएँ फोन आयो उसैको ।
‘ऐइ निष्ठुरी ! हजुरलाई मेरो सम्झना आउँदैन है ।’
सुस्तरी बोल्यो –माया गर्ने मान्छेले नसम्झी बस्छ होला त ?
‘अँ खुब पत्याएँ । माया गर्ने मान्छे यसरी बेखबर बस्छन नि ।’
‘तिमीलाई बिश्वास लाग्दैन त के गरुँ ।’
‘मलाई बिश्वास दिलाउन छाडेर सरितालाई कख्याएर सुत्नुस ।’
रिसाएछ, बीचमै सम्पर्क टुट्यो ।
भोलिपल्ट स्कुलमा छँदा उसको फोन आयो । उठाइन । स्कुलबाट फर्कने बित्तिकै ढोका थुनेर सुतेँ । साँझ पाँच बजे सुतेको राती दुई बजे ब्युँझिएँ । थुप्रै मिसकल थिए । कलब्याक गरेँ । अचम्म उठिहाल्यो ।
‘बिजया तिमीलाई आइ लव यु भन्नलाई ननिदाइ बसेको ।’
उफ! फेरि सुरु भयो । ऊसँग कुरा गर्नका लागि अरु विषय हुँदैन ? श्रीमती घरमा राखेर प्रेम र यौनका कुरा किन गर्छ हँ ? किन जहिल्यै अल्लारे स्वभाव देखाउछ ?
‘बिजया आइ लव यु भनुँ कि नभनुँ ?’ –उताबाट सोध्यो ।
‘भन्नू न, म पनि भनुँला नि आइ लव यु टु भनेर । अनि भोलि समाजमा बदनाम भएर सँगै भागौंला नि पागल ।’
सुनेर हाँस्यो । र बोल्यो –तिमीलाई ख्याल ख्याल लाग्छ नि ।
‘अनि के त त्यति राम्री श्रीमती छाडेर हजुर मलाई किन माया गर्नु हुन्छ र ?’
सम्पर्क टुट्यो । मन नरमायो । मलाई उसको प्रेममा बिश्वास छैन तर ऊ साह्रै मनपर्छ । र मन पर्नु प्रेम होइन ।
भोलिपल्ट स्कुलको गेट बाहिर पर्खिरहेको थियो । निस्दीखोलाको किनारमा पुगेर कलकल बगिरहेको पानी खेलाइबस्यो । उसलाई प्रकृति र एकान्त साह्रै मनपर्छ । र मलाई उसको एकाग्रता मनपर्छ ।

घर आएर कोठामा थुनिएर आफुलाई पुरै निचोरेर लेखेँ एउटा सन्देश । अर्थात उसलाई पठाउछु भनेको मन । उसले जानोस मभित्र पनि अलिखित कथा छ । र जानोस् बिजया भन्ने युवतीले कुनै पुरुषलाई सजिलै बिश्वास गर्न सक्दिन ।


‘विनोद घरमा सरिताले पर्खिइरहेकी होला ।’
फिस्स हाँस्यो र बोल्यो –यदि यस्तो हुन्थ्यो भने तिमीसँग हुने थिइन ।
‘त्यो पनि हो श्रीमतीसँग झगडा भएको बेला हजुरलाई मेरो याद आउँछ ।’
‘तिमी जहिल्यै यस्तो कुरा किन गर्छौ हँ ? तिमीलाई प्रेम गर्दिन, फकाउनको लागि मात्रै गुलियो चिल्लो कुरा गर्छु जस्तो किन लाग्छ ?’
‘किन लाग्छ थाहा छैन तर मलाई यस्तै लाग्छ । दुई चार दिनको सुखको लागि सरिताको बिश्वास तोड्न सक्दिन । सरिता मेरो साथी हो । हजुर सरिताको लोग्ने । यहाँ भन्दा अगाडि नबढौं ।’
संवाद अघि बढेन तर मनले आफैसँग संवाद गरिरह्यो । अर्काको लोग्नेको प्रेम, त्यो पनि क्षणिक बासना हुनसक्छ । कसरी स्विकार्नु ? बदनामीको दलदलमा भासिएर निस्कन नसकेको दिन ऊ सरिताको हात समाएर निस्केला । अनि म ? दलदलमा निसास्सिएर मर्नु ?
मौनता तोड्दै बोल्यो –शारीरिक सुखको लागि तिम्रो पछाडि भागेको नठान । श्रीमतीको इच्छा बिपरित महिनौं नछोइ बस्ने मान्छे हुँ । मान्छेको इच्छाको कदर गर्न मलाई पनि आउँछ ।
‘पत्याउछु होला त ?’
‘तिमी पत्याउन्नौ म बिश्वास दिलाउन सक्दिन ।’
फेरि मौनता छायो । विनोद जान्दैन मभित्र कति बाढी छन् । बग्न नपाएर कोमल मनको कुनाकानी कस्तरी हान्छ । उसले जस्तो छताछुल्ल बग्दिन यसको अर्थ मलाई बग्न मन नपर्ने होइन । बग्न मनपर्छ नि । बग्दै गएर प्रेमको बिशाल सागरमा मिसिन मनपर्छ ।
‘विनोद जाऔं । भरे फेसबुकमा मेरो मन पठाउछु ।’
उसले चुपचाप बाइक स्टार्ट ग¥यो । घर आएर कोठामा थुनिएर आफुलाई पुरै निचोरेर लेखेँ एउटा सन्देश । अर्थात उसलाई पठाउछु भनेको मन । उसले जानोस मभित्र पनि अलिखित कथा छ । र जानोस् बिजया भन्ने युवतीले कुनै पुरुषलाई सजिलै बिश्वास गर्न सक्दिन ।

उमेर सोह्र वर्ष ….अँ त्यस्तै भनुँ । वास्तविक उमेर त मेरी आमालाई पनि थाहा छैन । घरि तँ अठचालीस साल भदौको होस् भन्नुहुन्छ घरी उनन्चास सालको । तर सालमा किन अल्मलिनु ? अँ, म जुन सोह्रको कुरा गर्दैछु त्यो समय जिन्दगी अर्कै लयमा थियो ।

तर….सोह्रको उल्लास, जिन्दगीले भर्खरै समातेको लय भङ्ग भयो । जिन्दगीमा लय मिल्नु भङ्ग हुनु यो त चलिरहन्छ । तर सोंच्नुस् त सोंचको कोमल लय बिग्रेर छुराको रुप ग्रहण ग¥यो भने के हुन्छ होला ? उसले त्यो सोंचको छुरा आफ्नै छातीमा प्रहार गर्ला कि आफैसँग सुरक्षित राखेर आवश्यक परेको बेला हतियारको रुपमा प्रयोग गर्ला ?

अँ, हजुर सोंच्दै गर्नुस् । म सोह्रको सेरोफेरोको घटना सुनाउछु ।

जिन्दगीमा सोह्र र सत्र साह्रै कोमल हुन्छ । दिनमा पनि रातमा पनि कोमल लय समातेर जिन्दगी कुँदिरहेको हुन्छ । जिन्दगीको हाँगा हाँगा पातपातमा बसन्तको शितल पवन बहिरहेको हुन्छ । मनमा रहरका गुराँस धकमक्क फुलेको हुन्छ । यस्तोमा प्रेम अंकुरण होस् यो भन्दा कोमल अरु के हुन सक्छ ।

अचम्म, बलात्कृत किशोरीले पाउने न्याय यत्तिनै हो ?उसको श्रीमती बनेर भित्रनु नै उत्तम विकल्प हो ? जसले बलात्कार ग¥यो उसले बलात्कार ग¥यो भन्ने महशुस गर्न सकेको छैन । ऊसँग भित्रिएर फेरि हजार बलात्कारका लागि तयार हुनु ?

त्यै कोमल प्रेमको अंकुरण भए ताकै बलात्कार होस् प्रेममा । अब अनुमान गर्नुस् । त्यो प्रेमिका, जसको प्रेम ब्यक्त भएकै छैन तर बलात्कृत भएको छ अघोषित प्रेमीबाट । अब त्यो प्रेम ‘प्रेम’ रहला कि नरहला ?

अँ, ठ्याक्कै यस्तै भयो । अझ भनुँ, अघोषित प्रेमीबाट बलात्कृत भएँ । ऊबाट बलात्कृत हुँदै गर्दा स्वभाविक यौन आनन्द प्राप्त गर्नुपथ्र्याे । तर बलात्कृत किशोरी के जानोस् आनन्द ? यौनको नाममा चलेको घम्साघम्सीलाई बलात्कार भनेर ठम्याउन नसक्ने किशोरीले आनन्द कहिले महशुस गरेकी थिइ र ?

बलात्कृत प्रेम हृदय बोकेर घर फर्कने बित्तिकै आमाले चिम्टाले डाम्नुभयो तिघ्रामा । तर अँह दुखेन । घर छेउको काब्रोको बुटा सम्झिएँ । काब्रोमा हरेक दिन दुईचार नयाँ घाउ बन्छ । त्यहाँबाट निस्केको चोप चुइगम बनाएर खान्छौं हामी । काब्रोले कहिल्यै दुख्यो भनेर चिच्याएको सुनिन । के त्यसलाई पनि मलाई जस्तै दुखेन ?

केरकार चल्यो । अभियुक्त हाजिर भयो । अभियुक्तको पक्षधर हाजिर भए । अभियुक्तको पक्षमा उभिएकी केटी मेरो साथी थिइ । अझ यसो भनुँ, मेरो जिन्दगीको साक्षी थिइ त्यो । र त्यो साक्षीको नाम थियो सरिता । चिन्नुहुन्छ नि हजुरकी श्रीमती सरिता ।

सबैभन्दा पहिले प्रेमको साक्षी रहेकी साथी उसको पक्ष राख्दै बोली –हिन् खुरुक्क लगेर भित्राउछम् ।

पछिपछि धेरै पक्ष थपिए । सबैको एउटै बुलन्द पक्ष थियो –हिन् भित्राउछ्म् ।

अचम्म, बलात्कृत किशोरीले पाउने न्याय यत्तिनै हो ?उसको श्रीमती बनेर भित्रनु नै उत्तम विकल्प हो ? जसले बलात्कार ग¥यो उसले बलात्कार ग¥यो भन्ने महशुस गर्न सकेको छैन । ऊसँग भित्रिएर फेरि हजार बलात्कारका लागि तयार हुनु ?

जेहोस् उसको श्रीमती बनेर भित्रनु परेन । तर त्यै दिनदेखि ममा कोमलता बाँकी रहेन । कोमलता त्यागेर हुर्किएकी किशोरीको मनस्थिति त हजुर आफै आलङ्कन गर्न सक्नुहुन्छ । किशोरीबाट स्वास्नीमान्छेमा परिणत हुँदै गर्दा पनि मन भने किशोरी नै रह्यो ।

अहिले पुर्ण स्वास्नीमान्छे हुँ । आवश्यकता चाहना पनि स्वास्नीमान्छेकै जस्तो साधरण छ । प्रेमीको कोमल माया, कोमल स्पर्श उस्तै कोमल व्यबहार । तर खै भेट्दिन कुनै त्यस्ता लोग्नेमान्छे । भिडमा जाँदा सोह्रसत्रको किशोरले पनि कोट्याएर यौन आमन्त्रण गर्छ । लत्याएर भिड कटाइदिउँ जस्तो झोंक चल्छ । कति पटक काकाको छोराले एकान्त पारेर कोट्याएको छ । पाँच औंलाको छाप बसाएदेखि नजिक पर्न डराउछ । तर गाउँमा ऊ जस्तो अरु कति छन् । लखेटेर कति सक्नु ?

यसलाई स्वास्नीमान्छेको संकुचित सोंच नठानिदिनु होला । अरे यार, स्पर्शको वर्गीकरण गर्न मलाई पनि आउँछ । बलात्कारको पाकिरहने राँकिएको घाउ बोकेर बाँचेको मानौं बारम्बार बलात्कृत हुनकै लागि हो । हामी कस्तो संस्कार दिएर हुर्काउदैछौं आफ्ना छोराछोरीलाई ? काकाको छोराले मलाई कोट्याउन मिल्छ ? दिदी हुँ उसको । एउटै कोखबाट जन्मिएनौं त के भो ? भाइटीका लगाइदिएको छु । आज मलाई कोट्याउछ भोलि अर्कोलाई । एउटाले इन्कार गर्छ अर्कोले इन्कार गर्छ । उसको हिम्मत घट्नुको साटो बढ्छ । अनि कमजोर युवती भेटेको दिन बलात्कार गर्छ ।

अचेल बासित पनि डर लाग्छ । काका त झन् परको भैहाले । मामा भेटेपछि झम्टेला जस्तो गर्नुहुन्छ । माया भन्दा ज्यादा बासना नै देख्छु उहाँको आँखामा । हुन त मामा काका र बाप्रति त कमसेकम यस्तो पाप चिताउनु हुन्न । तर सोंच्छु, हरेकको नजर बलात्कारका लागि तयार रहन्छ भने बा काका र मामा किन ? मामा बा काका पनि त नामको मर्द हो । बा हरेक रात आमाको बलात्कार गर्नुहुन्छ होला । आमाको इच्छा बिपरित कस्तरी लछारपछार गर्नुहुन्छ होला । छिः आमाको मर्जी नभएको बेला पनि भोको बाघ शिकारमाथि झम्टिए जसरी झम्टिनु हुन्छ होला । अँ दाईसँग डर लाग्दैन । दाइ मेरो साथी हो । उहाँ आफै भन्नुहुन्छ –सबै छोरामान्छे ब्वाँसा हुन् बिश्वास नगर्नु कसैको ।

सबै थाहा छ । स्कुल बिदाको दिन मेलामा जाँदा आइमाईहरु आ–आफ्नो लोग्नेको सिंह रुप देखाउछन । त्यसै रमाइलोको लागि चुटकिला सुनाए जस्तो लोग्नेको चरित्र उदाङ्ग पारेका त पक्कै होइनन् । तर आमा देखाउनु हुन्न । केही देखाउनु हुन्न यसको अर्थ आमासित देखाउनका लागि केही छैन भन्ने हैन । नदेखिएको व्यथा र नफुटेको घाउले कति पीडा दिन्छ भन्ने त भोग्नेलाई न थाहा हुन्छ । के थाहा आमासँग पनि आम स्वास्नीमान्छेको जस्तै भित्रभित्रै पाकिरहेको ब्यथा पो छ कि ?

हिजोआज कतै जाँदा रात प¥यो भने खुब सजक रहन्छु । अगाडि मान्छे बोलेको सुनियो भने बीस हात पर छुट्छु । पछाडि मान्छे बोलेको सुनेँ भने सास पनि नभेटुन् जसरी भाग्छु । भाग्नु कर्तव्य हो । म आफुले आफुलाई बचाउन सक्छु । यहाँ मलाई बचाउन भनेर कोही तयार हुँदैनन् ।
किशोर अवस्थाको बीभत्स दुर्घटनापछि कुनै पुरुषलाई प्रेम गर्न सकिरहेको छैन । कोही प्रेमका लागि तत्पर देख्दिन । प्रेमका लागि कोही पहल गर्दैनन् सिधै यौनका लागि प्रस्ताव राख्छन् । श्रीमतीबाट सन्तुष्ट नभएकाहरु, सम्बन्धमा प्रेम नभएर यौनले मात्र वैवाहिक बन्धन बचाएकाहरु सजिलो प्रस्ताव राख्छन् । तर के म त्यति सजिलै फकिन्छु र ? लाज पचेकाहरु श्रीमतीलाई मायाले फकाएर आफ्नो बनाउन सक्दैनन् । अर्काको किशोर छोरीलाई यौनका लागि प्रस्ताव गर्छन् । श्रीमतीको इच्छा बुझ्नु छैन । यौनका लागि श्रीमती तयार भइन भनेर लछारपछार गर्न मिल्छ ? श्रीमतीले मनको कुरा बुझिन भनेर कलिला नानीलाई फकाउन मिल्छ ? जसको मनमा यौनको टुसो पलाएकै छैन उनको मस्तिष्कमा यौनको घिन लाग्दो सोंच घुसाउनु हुन्छ ?

एक साँझ बूढो बा भेटिए । साउनमास हिलाम्मे बाटो, मातेर हल्लदै हिंडेका । कता जानुहुन्छ भनेर सोधेको ओ तिलपुरतिर भन्थे । तर तिलपुर ती बा गइरहेको भन्दा उल्टो दिशातिर पर्छ । अँध्यारो हुन लागिसक्यो । टर्च बालेर बाटो देखाउदै लिएर आएँ । दस मिनेटको बाटो छिचोल्न बुढा बासँग आधा घन्टा लाग्यो । तर ती बा साह्रै गुनी रहेछन् । एउटा चौपारी नेर आइपुग्दा ‘हामी कहाँ गएर सुत्ने’ नानी पो भने । सुत्नुको अर्थ बुझेर झोंक चल्यो । लात्तीले हानेर पाँच हात पर हुत्याइदिएर भनेँ –साला बुढा रातभर यहीँ सुत् ।

घरमा आएर दाईलाई सुनाएँ । ‘छोरा मान्छेको जात यस्तै हुन्छ भनेर थाहा छैन’ भन्दै उल्टो झपारे । के अब कसैलाई सहयोग नगर्नु ? छोरा मान्छे सबै यस्तै हुन्छन् भनेर बाटोमा लडिरहेको मान्छेलाई नउठाइ भागुँ ? त्यसो हो भने छोरा मान्छेलाई जति खुकुरीले फाँड्दै हिंडे भैगो नि । छोरा मान्छे जति त्यस्ता बलत्कारी सोंच भएका छन् भने तिनलाई निमिट्यान्न पारे भैगो नि । बलत्कारी किन बाँच्नु प¥यो ?

गर्लफ्रेन्ड छैन रे । अविवाहित छन् । र पनि यौनसँग परिचीत छन् । यी मर्दका जात मागेर चोरेर काम चलाउदा रहेछन् कि कुन्नि ? कुराकानीकै क्रममा निकट आयो । उसको आशय बुझ्न बेर लागेन । अलि पर भागेँ । झनै निकट आयो ।

त्यस्तै घटना घट्यो दुई वर्ष अघि ।

एउटा स्कुलमा माध्यमिक तहको लागि करारमा शिक्षक चाहिएको कुरा स्थानीय एफ.एमले बतायो । मौकाले खुलेको बिज्ञापन । बेरोजगार थिएँ । गएँ आफुसँग भएका कागजपत्र बोकेर । घाममा एक घन्टाको उकालो चढ्नु चानचुने कुरा हैन । पसिना खल्खली बगाउँदै स्कुलमा पुग्दा म जस्ताको सानोतिनो भिड नै थियो । एउटा आवश्यकताका लागि यत्रो भिड ?

त्यहीँ भेटिए बलराम रेग्मी । उनी पनि जागिर पाइने अभिलाषा बोकेर उक्लिएका रहेछन । कागजपत्र बुझाएर कुरा गर्दै ओरालो झ¥यौं । यताउता दायाँबायाँ सोधपुछ भयो । एकतीस वर्षका अविवाहित रहेछन् । मभन्दा आठ नौ वर्ष जेठा । कुराकानीकै क्रममा उनले ‘यौन सम्पर्क गरेको छु’ भने । मानौं खुब गर्व गर्न लायक काम गरेछन् । गर्लफ्रेन्ड छैन रे । अविवाहित छन् । र पनि यौनसँग परिचीत छन् । यी मर्दका जात मागेर चोरेर काम चलाउदा रहेछन् कि कुन्नि ? कुराकानीकै क्रममा निकट आयो । उसको आशय बुझ्न बेर लागेन । अलि पर भागेँ । झनै निकट आयो ।

‘हामी कसैले थाहा नपाउने गरी गरे हुन्न ?’

मान्छे त चालू रहेछ । तर धन्न अनुमति मागे । उस्तैले भए घिसारेर बनतिर लैजान सक्थे । या तिघ्रामा चिमोट्न आउँथे होलान् । यति भएपछि खास डर लागेन । सम्झाउदै भनेँ –सक्नुहुन्छ भने कसैलाई माया गर्नुस् । मन मिल्ने केटी खोजेर बिहे गर्नुस् । तर यो अवैध यौन सम्पर्कमा रुचि नलिनुस् ।

मुसुमुसु मुकुराए । के सोंचे कुन्नि ? त्यसपछि हाम्रो कुराकानी बन्द भयो । गाउँ आएपछि उनी आफ्नो बाटो लागे म आफ्नो बाटो लागेँ ।

सुझाव त दिएँ । तर बिहे त मैले पनि गर्नुपर्छ । बासित दुईचार विकल्प पनि छन् । तर पहिले प्रेम त होस् । जोसँग प्रेम हुन्छ उसका लागि सर्वस्व रित्तिनु पो जिन्दगी । आफुसित केही पनि बाँकी नराखेर जसलाई प्रेम गर्छु उसैका लागि सर्वस्व रित्तिन सकुँ । कुनै गुनासो नरहने गरी उसलाई खुसी पार्न सकुँ । तर प्रेम र कर्तव्यको नाममा बारम्बार मन मारेर तयार रहनु नपरोस् । अल्लारे उमेरको बलात्कार भुल्न सकेको छैन । यदि बिहेपछि पनि बलात्कार दोहोरियो भने भुल्छु होला मलाई मेरो लोग्नेले छोए भनेर । उसो त गाउँमा लोग्नेले गर्ने जबरजस्तीलाई बलात्कार भनिदैन । मेरो भाषा नै अराजक छ । या सोंच अराजक छ कुन्नि ? गाउँमा कसैले म यस्तो अराजक सोंच्दो रैछु भनेर जाने भने लखेट्न के बेर । गाउँलेसँग उस्तो डर लाग्दैन । डर लाग्छ त रातमा जाग्ने ब्वाँसाहरुसँग । मुस्किलले आफुलाई बचाउदै आएकोछु ।
विनोद हजुरलाई साँच्चै बिश्वास गर्न सकिरहेको छैन । हजुर प्रेम गर्नुहुन्छ मलाई ? गर्नुहुन्छ भने पनि अब गर्नुहुन्न भन्नेमा ढुक्क छु । बलात्कृत युवतीलाई मान्छे प्रेम गर्दैनन् बलात्कारै गर्छन् । पहिले उनको सोंचको अनि बिश्वासको र अन्तमा आज भोलिको । अर्थात भविष्यको ।
मात्र यति । हजुरको जवाफको प्रतिक्षामा छु ।
उसले पढेछ । यद्यपि जवाफ आएन ।

मधुर लय हालेर बगिरहेको खोला । जूनको टहटह उज्यालो । ऊ सुस्तरी बोल्यो –बिजया आज रातभरि तिमीसँग कुरा गरेर बिताउन मन छ । मनको अमिलो मैलो टक्टक्याएर देखाउन मन छ ।


एकरात उसको फोन आयो । सुरुमै आइ लव यु भनेर खितित्त हाँस्यो । कति भन्नू यस्तो मजाक नगर्नु । उसलाई के थाहा यस्तो व्यबहारले कति पीडा हुन्छ । पीडासँगै कस्तो कस्तो हुन्छ । जस्तो अल्लारे छँदा सरिताको दाईलाई देख्दा हुन्थ्यो ।
‘विनोद अब त छाडिदिनुस । कति जिस्काउनु हुन्छ ?’
‘जिस्काएको होइन बिजया । मलाई तिमी साँच्चै मनपर्छ पत्याउ न । तिमीले सोंचेको जस्तो मेरो प्रेम यौनसम्म गएर सकिने छैन ।’
‘पत्याइदिएँ ।’
‘पत्याइदिएँ ? पत्याउनका लागि मात्रै नपत्याउ ।’
‘अँ ठिक छ । यतिबेला मेरो घरनेर बाटोमा आएर मोटरसाइकलको हर्न बजाउनुस् पत्याउछु ।’
यति भन्न के भ्याएको थिएँ । फोन राख्यो । बीस पच्चीस मिनेट लगत्तै घर पछाडि बाटोमा तीन पटक मोटरसाइकलको हर्न बज्यो । र फोन आयो उसैको ।
‘आऊ आज तिम्रो बिश्वास र मेरो धैर्यता दुबैको परिक्षा लिऔं ।’
कुन्नि किन एक पटक पनि आउँदिन नभनी न्यानो लुगा लगाएर सुटुक्क निस्किएँ र उसको पछाडि बसेर हुँइकिएँ ।
निस्दी किनार । मधुर लय हालेर बगिरहेको खोला । जूनको टहटह उज्यालो । ऊ सुस्तरी बोल्यो –बिजया आज रातभरि तिमीसँग कुरा गरेर बिताउन मन छ । मनको अमिलो मैलो टक्टक्याएर देखाउन मन छ ।
‘र म सुन्नका लागि तयार छु ।’
‘बिगत एक वर्षदेखि सुख्खा बाँचिरहेछु ।’
सुनेर धक्क फुल्यो मुटु । आखिर घुमाइफिराइ शरीर सुखको कुरा गर्न लाग्दैछ ।
अगाडि भन्दै गयो –तिमीलाई प्रस्ताव राखेको पाँच वर्ष भयो । हाम्रो बिबाह भएको पनि पाँचै वर्ष भयो । र सम्बन्ध अमिलो भएको पनि पाँचै वर्ष भयो । तर हामीले एक अर्कालाई नछोएको एक वर्ष भयो । सरिता हरेक सम्पर्कको अन्तमा भन्थिन् –मलाई इच्छा थिएन । तर छोरा मान्छेलाई यो भएन भने निद्रा लाग्दैन । अन्त सल्किन बेर लाग्दैन ।
सरिताको यस्तो कुरा सुनेपछि झनक्क रिस उठ्थ्यो । मानौ उनलाई जबर्जस्ती गर्दछु । मन छैन भने राम्रो मुखले इन्कार गरोस् ।
बिस्तारै हामी टाढिदै जाँदैछौं । अचेल उनको नयाँ गुनासो सुरु भएको छ । उनलाई छुँदिन बाहिर मेरो सम्बन्ध छ रे । ऊनी हरेक रात निदाउनु अघि यस विषयमा लामो बहस गर्छिन । सुनेर नसुने जस्तै गरिदिन्छु । राती अबेर फर्किन्छु ।
‘सरितादेखि भागेर समस्याको समाधान हुन्छ ? सँगै बसेर कुरा गर्नुस ।’

‘नजिक जाँदा पनि त उनलाई समस्या नै हुन्छ । निल्न नसकिने ओकल्न पनि नमिल्ने परिस्थितिबाट गुज्रिइरहेछु ।’
म बोलेँ –विनोद सरिताको बारेमा यस्तो सोंच्नुहुन्छ ? अचम्म ऊनी हजुरको श्रीमती हो ।
‘यथार्थ यही हो । हामी बीच कहिल्यै गुलियो सम्बन्ध भएन । त्यसैले मेरो स्पर्श उनलाई मन पर्दैन । सामाजिक मानमर्यादा तोडेर जान मात्र नसकेकी हो । यस्तै हालत मेरो पनि छ । उनलाई छाड्ने कुरा आयो भने पहिले त आमाबाले महाभारत खडा गर्नुहुन्छ । त्यसपछि उनको आमाबा आफन्तलाई स्पष्टीकरण दिंदा हैरान हुन्छु होला । उनको नजिक जाँदा गहिरो पीडा हुन्छ । जोसँग मन जोडिएको छैन उसैसँग शारीरिक सुखको अपेक्षा गर्ने मुर्खता मबाट कसरी भयो ? सम्झिदा पनि घरीघरी आफैलाई मारुँ जस्तो लाग्छ ।
‘हजुरको ध्यान मतिर छ । अनि कसरी सरितासँग सम्बन्ध प्रगाढ रहन्छ त ?’
एकदम नजिक स¥यो । मुखबाट तातो बाफ फालेर बोल्यो –तिमी कारणरहित मन प¥यौ । भेट दोहोरिदै जाँदा झन् मन पर्दै गयौ । र अब कहिल्यै विस्थापित नहुने गरी मनमा स्थापित भयौ ।’
उसले भर्खर भनेको कुरा पत्याइदिउँ जस्तो लाग्यो । सरिताले छ वर्ष अघि उसकी दाईबाट बलात्कृत हुँदा ‘हिन जाम भित्राउछ्म’ भनेको बदलामा विनोदले बलात्कार ग¥यो भन्ने झुट फैलाएर उसैको सौता बनेर भित्रिउँ जस्तो झोंक चल्यो ।
‘विनोद मलाई बलात्कार गर्नुस ।’
अनायास मुखबाट फुत्कियो । एक कदम पछि स¥यो । जूनको उज्यालोमा पनि आँखामा डर प्रष्ट देखिएको थियो । मानौ उसको बलात्कार गर्न लागिरहेछु ।
‘हजुरलाई बलात्कार शब्दसँग यति डर लाग्यो ? बलात्कारले मभित्र कति डर र आक्रोश भरिदिएको होला । र कति अबिश्वास जन्माइदिएको होला लोग्ने मान्छे प्रति ।’
नजिक आयो । हात समायो । र सुस्तरी भन्यो –बलात्कार किन गर्छु ? तिम्रो बलात्कार गर्ने मान्छेले श्रीमतीको बलात्कार गर्दैन होला ?
यति भनेरै उसले मनमा आफ्नो लागि फराकिलो ठाउँ बनायो । यसै पुलकित भएँ । ऊ कसैको बलात्कार गर्दैन ।
निस्तब्ध रातमा एउटी यौवनाको अगाडि बसेर यसो भन्न सक्ने पुरुष सामान्य हुँदै होइन ।
‘विनोद सरी ।’
बोलेन । ढुङ्गामा टुसुक्क बस्यो । उसलाई नियाल्न थालेँ । यति निकट कुनै लोग्नेमान्छेसँग भएको थिइन जति निकट विनोदसँग थिएँ । जुरुक्क उठ्यो । च्याप्प दुबै हात समायो । काँपिरहेको थियो । थर्थराएको आवाजमा बोल्यो –बिजया पागल हुन्छु होला । उता सरितासँग परिवार आफन्त जोडिएका छन । बिहे गरेर ल्याएपछि मन परेन भनेर फर्काउन मिल्दैन । लोग्नेमान्छेको जातलाई मान्छे सजिलै स्वार्थी मतलबी भनिदिन्छन् । लोग्नेमानिसलाई के यति सजिलो छ र ? सरितालाई त्यागेँ भने उनी कहाँ जान्छिन् । उनको जागिर छैन । बिहे गरेर गएकी छोरीलाई माइतीघरमा ठाउँ हुँदैन । सँगै जिन्दगी बिताउन सम्भव छैन । सधैँ अमिलो भएर कति बाँच्नु ? पीडा उनमा पनि उस्तै छ । मनमा असन्तुष्टि पालेर कति दिन सामान्य रहन सकिएला ? सरिताले घर छाडेको दिन मलाई औंला ठड्याउनेछन् । पाल्न सकेन खुसी राख्न सकेन भन्नेछन् ।
‘कोशिस गर्नुस । सम्झौताको झिनो डोरीले हजुर दुईको जिन्दगी बाँधिराख्न सकेछ भने सुखद रहला वैवाहिक जीवन । श्रीमतीसँग मन नमिल्ने बित्तिकै अर्की अंगाल्ने मुर्खता नगर्नु होला ।’
‘मिल्न पर्ने त मन होइन र ? मन मिले सबै कुरा मिल्छ ।’
‘मनको कुरा छाड्नुस । र सुन्नुस ।’
अझ निकट आयो । सँगै आयो शरीरको मधुर बासना । मस्तिष्क शून्य भयो । ऊ सुन्न पर्खिरहेको थियो । के भन्नू ? दिमागमा निकटताले निम्त्याएको रमरम रमाइलो बाहेक केही पनि छैन ।

यत्तिकै भनिदिएँ –हाम्रो घरमा एक हल गोरु छ । एउटा खाइलाग्दो अग्लो रातो छ । अर्को मोटो फुच्चे र कालो । मोटो फुच्चे चाहिँ घरकै गाइले जन्माएको भएर बाले बेच्न सक्नु भएन । त्यसको लागि वरिपरि छिमेकमा हल मिल्दो बाछो भेटिएन । कालेलाई हल मिल्ने अर्को गाउँतिर भेटिन्थ्यो होला तर बाले अन्त खोज्न जानुभएन । सुनिल काकाको घरबाट रातो बाछो ल्याएर दाउनु भयो । बाछो दाउने बेला बालाई साह्रै गाह्रो भयो । रातेले कुनातिर च्याप्न खोज्ने काले मेलोमै हिंड्दैन । आमा लौरो समाएर छेउछेउ भन्दै बासँग कुद्नु हुन्थ्यो । त्यसले मरिगए टेर्दैनथ्यो । साह्रै आजित भएर बाले एक काँधे गरेर नार्नुभयो । रातेपट्टि बढी भार पर्ने गरी नारेपछि काले बल्ल मेलोमा हिंड्न थाल्यो । अहिले दुबै बाछो गोरु भएका छन् । हिजोआज चराउन लैजादा रातेले परैबाट हानुँला जस्तो घुर्की लगाउछ तर हान्दैन । जोत्ने बेलामा पनि पहिले जस्तो एक काँधे गराउनु पर्दैन । खुरुखुरु हिंड्छ ।
बेअर्थको कुरा सुनेर हाँस्यो र बोल्यो –के अब सरिता र म पनि एक काँधे भएर नारिनु ?
‘त्यस्तै ठान्नु । कि त आ–आफ्नो बाटो लाग्नु प¥यो । होइन भने मनका रहर बेमेललाई एकातिर पन्छाएर जसरी हुन्छ सहयात्राको लागि सहज बाटो अपनाउनु प¥यो ।’
फेरि हाँस्यो । हाँस्दाहाँस्दै ढुङ्गामा थ्याच्च बस्यो । र बोल्यो –सरिता र म भनेको हल गोरु जस्तो मेलोमा नारिदाको मात्र साथी होइनौं । हामी नारिदाको लागि मात्र एक भएर चल्दैन । हाम्रो चाल एउटै हुनुपर्छ । हिंडाइको ताल एउटै हुनुपर्छ । तिम्रो राते कालेको जस्तो एक काँधे भएर त झन् जिन्दगी चल्दैचल्दैन ।
यति भनेर चुप लाग्यो ।
निस्दी खोला पारि वनमा स्याल रोयो । ऊ जोडले पागल जस्तै करायो । स्याल झनै जोडले रोयो । डरले मुटु काँप्यो । निंदले उस्तै छपक्कै छोप्यो । जून पनि डाँडाबाट ओझिलिनै लागेछ । ऊ भने कुरा टुङ्गो लगाउन खोज्दैन । रातको बेला उसको श्रीमतीले कहाँ गयो भनेर खोज्दै होलिन् । रातिमास अर्काको लोग्नेलाई भेटेको पत्तो पाउनु भयो भने मेरा आमाबाले ढाड सोझ्याउने निश्चित छ ।
जाऔं भनेँ । चलमलाएन । बोल्यो –पहिलो पटक प्रस्ताव राख्दा तिमी खुब तर्सिएकी थियौ । तिमीलाई कहिल्यै मेरो बिश्वास लागेन ।
मैले भनेँ –बिश्वास दिलाउन पनि त सक्नुभएन ।
मुखभरिको स्वास फाल्यो र बोल्यो –पुरुष जाति प्रति तिम्रो सोंच नै भयानक रैछ । तिम्रो बलात्कृत हृदयले किन सोंच्न सकेन सबै पुरुष बलात्कार गर्दैनन् ।

‘विनोद बिगत कोट्याएर के फाइदा ? उल्टो पीडा दिन्छ । सरिता प्रतिको जिम्मेवारीबाट पन्छिन सुहाउँदैन ।’
पीडाको लामो सुस्केरा हालेर भन्यो –प्रेम नहुँदा नहुँदै आमाबाबुको प्रस्ताव अस्विकार गर्न नसक्नु मेरै कमजोरी हो । बिहेपछि जिन्दगी चलिहाल्छ भन्ने अपरिपक्व सोंचको परिणाम भोग्दैछु । तर प्रेमलाई नकार्न सक्दिन । बतासको स्पर्श, बगिरहेको खोलाको छङछङ आवाज, भिडको होहल्ला बीचमा पनि तिमी मात्रै भेट्छु । रातको निस्तब्ध प्रहरमा छातीभरि तिम्रै महशुस बोकेर हिंडिरहन मनलाग्छ । जब तिमी सोंच्छु मन साह्रै रमाउछ ।
‘अब के गर्नुहुन्छ त ?’
यसो भन्दै उसको निकट गएँ । घडी हे¥यो । बेचैन देखियो । अनायास उसको हात समाउन पुगेछु । थुर्र काँप्यो । बाफिलो सास अनुहार भरि फालेर हात झट्का¥यो । र खोला छेउमा राखिराखेको बाइकतिर लम्कियो । निचोरिएको खिन्न मन बोकेर उसैको पछि गएँ । बाइक स्टार्ट र्गयो । छोइएला जस्तै बसेँ । मन भने उसैसँग टाँसिएको थियो । चिसो निस्तब्ध रातको बाइकयात्रामा चरप्प उसलाई समाएर कुँदिरहेको थियो ।

विनोदको प्रेम समयको गति समाएर बग्दै बग्दै नागबेली भिरबाट खस्नु पथ्र्याे । खसेन । उल्टो प्रेमको अजर लहरा बनेर अग्र पहाड चढिरह्यो । यता मेरो मनको सिंहासन पाउनुको परिधिभित्र नखुम्चिएर उसलाई बिराजमान गराउन तयार भयो । उता विनोद सरिताको जिन्दगी मलपानी नपुगेको बिरुवा झै मुर्झाउदै गयो ।


जहाँबाट उठाएको थियो त्यहीँ छाडेर गयो । सोंचको गह्रुङ्गो भारी बोकेर लुसुक्क बिरालोको चालमा कोठामा पसेर ढोका थुनेँ र आवाज ननिकाली रोएँ । वर्षौं पछाडि छुटेको लोग्नेमान्छेप्रतिको बिश्वास जोड्ने कोशिस गरेँ । अँह जोडिनै मान्दैन । कमसेकम विनोदलाई त अबिश्वासको चौघेरोमा नबाँध्न खोजेँ । त्यो पनि सम्भव भएन । विनोदलाई बिर्सेर निदाउन त झनै सम्भव भएन । मनमस्तिष्कको गहिरो द्वन्दमा फस्दै गएँं ।
समय रोकिन्न र रोकिएन पनि । हामी मानव जाति बितेको समय, छोडेर जाने निष्ठुरी र भत्किएको आजको शोक मनाइ बस्दछौं । समयलाई मान्छेको रोदन आँसु पीडा हेरिबस्न कहाँ फुर्सद हुन्छ । त्यसको काम चलिरहनु हो । यो बग्दै गयो । विनोदको प्रेम समयको गति समाएर बग्दै बग्दै नागबेली भिरबाट खस्नु पथ्र्याे । खसेन । उल्टो प्रेमको अजर लहरा बनेर अग्र पहाड चढिरह्यो । यता मेरो मनको सिंहासन पाउनुको परिधिभित्र नखुम्चिएर उसलाई बिराजमान गराउन तयार भयो । उता विनोद सरिताको जिन्दगी मलपानी नपुगेको बिरुवा झै मुर्झाउदै गयो ।
निस्दीखोलामा भेटेको महिना दिनपछि भनेँ –विनोद, सरिता र हजुर अलग अलग रोपिएर मौलाउने हिम्मत किन गर्नुहुन्न ?
ऊ पँहेलिएका अनुहार खुम्च्याएर हाँस्यो । आँखा र अनुहारमा पीडाको प्रष्ट दाग देखियो । पलमै आँखाको वर्षातले त्यो पखालियो । र अँध्यारो भयो ।
‘विनोद म हजुरलाई बिश्वास गर्छु । र तयार छु जिन्दगीको जस्तोसुकै परिक्षा दिन । हजुरको खुसी र मेरो स्वाभिमान पहिलो प्राथमिकतामा पर्छ । दोस्रो प्राथमिकतामा पर्छ सरिता । सरिता टुट्नु हुन्न । हजुरको प्रेममा दुखेर रुनुहुन्न ।’
मुहार उजेलियो । पलमै मुर्झायो । मेरा दुबै हातमा गहिरो चुम्बन दिएर कुँद्यो । र फेरि फेरि कहिल्यै फर्केर हेरेन मतिर । ऊ गएको गयै भयो । र अमिलो बन्धनको बोझ बोकेर बाँचिरह्यो । सरिता किनारको प्यासी झैं सुक्दै गइ । रुखो किनारलाई हेरेर सुक्नु भन्दा प्रेमले ओसिएको भिर समाउनु उपयुक्त हुन्छ भन्ने कुरा सरिताले बुझेर पनि किन अबुझ बनी कुन्नि । सरिता जस्तै अबुझ बनेँ म । हाम्री काकीको उखान ‘माछा छ किताबमा खानुपर्छ खोलाको’ लाई शिरोपर गरेर धमिलै भएपनि खोलामा हामफालेर माछा जालमा पार्ने हिम्मत गर्न सकिन ।
कतिन्जेल चल्छ यसरी ? थाहा छैन । सरिता र विनोद कतिन्जेल बाँच्न सक्छन् यसरी ? त्यो झनै थाहा छैन । तर मेरो प्रेम भने अनन्त बाँचिरहेछ विनोद प्राप्त गर्ने ‘सायद’को झिनो अभिलाषा बोकेर ।

स्वप्निल नीरव [email protected]