जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

रामेछाप,साउन ९

रामेछापको साँघुटार बजारमा बिहिबार भएको आगलागि पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे सहितको टोलीले राहत सामग्री वितरण गरेको छ ।

जि.प्र.अ सहितको टोलि रहात वितरण गर्दै

जिल्ला विपद व्यवस्थापन समितिको टोलिले घटना स्थलमै पुगेर नगद सहित राहात समाग्री प्रदान गरेको छ । आगलागिबाट घरवार विहिन भएका चार घरपरिवारलाई प्रतिपरिवार १० हजारका दरले नगद प्रदान गरेको छ । साथै नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाले उपलब्ध गराएको घरयासी सामाग्री पनि प्रदान गरेको छ । आगो स्थानीय र प्रहरीको सक्रियतामा तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा साँघुटार बजारलाइ चिन्निछ । आगोलागीबाट क्षति ग्रस्त भवनहरुको तस्बिर