उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

रामेछाप,साउन, १०

रामेछाप उद्योग वाणिज्य संघले रामेछापको, रामेछाप नगरपालिका वडा नं तीन साँघुटार बजारमा बिहिबार आग्लागिमा परेका पिडितलाई राहात उपलब्ध गराएको छ । शुक्रबार संघका अध्यक्ष श्याम थापा,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं तीनका कार्यकारणी सदस्य पशुपति बहादुर खड्का सहितको टोलिले घर पुर्ण रुपमा क्षेति भएका चार घर परिवारलाई प्रति परिवार ११ हजार र आशिंक क्षेति (डेरा) गरि बस्नेहरुलाई २५ सयका दरले चार घर परिवारलाई ५४ हजार नगदको साथ एक–एक थान पाल उपलब्ध गराएको उद्योग वाणिज्य संघ रमोछापका अधिकृत नविन केसीले जानकारी दिए ।


शुक्रबार संघको कार्यलयमा एक छलफल गरि रकम उपलब्ध गराउने निर्णय पश्चात रकम वितराण गरको केसीले बताए ।

हिबार रामेछापको पुरानो बजार साँघुटार बजारमा विद्युत सर्टभैइ चार घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।