सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

रामेछाप, साउन,१०

शुक्रबार रामेछापको सदरमुकाम मन्थली वडा नं दुई कठजोरमा सेल्फि खिच्ने क्रम्मा अचानक चिप्लिएर एक युवतिको मृत्युु भएको छ । बा १७ च ९०२९ नम्बरको कारमा आफनता सहित दोलखा मन्दिर दर्शनको लागि भक्तपुरबाट आएको कार रोकी तामाकासी नदिको छोउमा सेल्फि खेच्दै गरेकी भक्तपुर जिल्ला माहालक्ष्मी नगरपालिका वडा नं ६ बस्ने गणेश राम कर्मचार्यकी छोरी अन्दाजी १९ वर्षीय सर्मिला कर्मचार्यको ज्यान गएको हो । उनलाई अचानक लडेर तामाकोसी नदिमा खस्दा नदिले बगाएको थियो । कर्मचार्यलाइ नदिमा खसेपछि नदिले बगाएर मन्थली एरपोर्टको नदिको किनारमा ल्याएको थियो ।

नदिले बगाएको उनलाई ४५ मिनेटपछि प्रहरी र सशस्तर प्रहरीको टोलीले मन्थली एरपोर्ट नजिक नदिको किनारमा भेटाएको थियो । भेटिएकी उनलाई उपचारका लागि जिल्ला स्थित तामाकोसी सहकारी अस्पतालमा पु¥याएको १५ मिनेटपछि अस्पतालका डा.ले उनलाई मृत घोषण गरेको रामेछापका प्रहरी निरिक्षक शेख अदलातले जानकारी दिए ।
उनको शव पोसमार्टमका लागि प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ