दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

रामेछाप, साउन, ११

नेपाल दलित बिद्यार्थी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा शुक्रबार काठमाडौं जिल्ला छेत्र नम्बर.०३, शंकरापुर नगरपालिकाको ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर.०२,का क्षेत्रीय सभापति उपेन्द्र कार्कीको प्रमुख अतिथ्येता एवंम नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम नेपाल दलित बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनारको बिशेष अतिथिमा वितरण कार्यक्रम सम्पन्न गरको हो ।

श्री महेन्द्रबाल निम्न माध्यमिक बिध्यालयमा अध्ययनरत ७५ जना जेहेन्दारा,गरिब तथा दलित समुदायका विद्यार्थीहरुलाई अध्ययनका लागि सहजता प्रदान होस् भन्ने उद्देश्यले पुस्तक वितरण गरको केन्द्रिय अध्यक्ष राजु सुनुवारले बताए ।

समाग्री वितरण कार्यक्रम केन्द्रिय महासचिव शंकर दमाई, इकाइ सभापति हरिभक्त पुडासैनी, युवा समाजसेवी पाल्देन लामा, लगाएत केन्द्रिय सदस्यहरुको उपस्थितिमा वितरण सम्पन्न गरको हो ।