अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

रामेछाप, साउन,१८

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीको वडा कार्यालयमा गएराती अज्ञात समुहले सिलिण्डर ग्यास विस्फोट गराउदा वडा कार्यालयमा क्षेती पुगेको छ ।

सिलिन्डर ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, लगाएत महत्वपुर्ण कागाजत जलेर पूर्णरुपमा नष्ट भएको छ ।
जनता भ्वाइस्लाई दिइएको जानकारी अनुसार ग्यास विप्लव समुहका कार्यकर्ताहरुले गरको बताएको छ ।


गएराती करिब २ बजेको समयमा उक्त घटना भएको हो । क्षेति ग्रस्त वडा कार्यलय बारे शनिबार बिहान मात्रै स्थानियले थाहा पाएका थिए । घटनाको जानकारी पाएपछि उक्त क्षेत्रमा प्रहरी पुगेको र घटनाको बारे छान्बिन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टले जानकारी दिए ।